ओमेगा सेइकी मोबिलिटीका तीन पांग्रे इलेक्ट्रिक सवारी नेपाल आउने, भयो सम्झौता

काठमाडौं – भारतको प्रतिष्ठित इलेक्ट्रिक ब्रान्ड ओमेगा सेइकीका तीन पांग्रे सवारी साधन नेपाली बजारमा उपलब्ध हुने भएका छन् । पहिले देखि नै नेपाली बजारमा फोटोनको आधिकारिक वितरक रहेको एमएडब्लु वृद्धि कमर्सियल भइकल प्रालिले ती सवारी साधन नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।

नेपाली बजारमा ओमेगा सेइकी मोबिलिटीका रेज प्लस, रेज प्लस १२५, रेज प्लस -यापिड, रेज प्लस फ्रोस्ट लगायतका विभिन्न प्रोडक्ट रेन्ज उपलब्ध हुने बताइएको छ । तीन पांग्रे सवारीका क्षेत्रमा यो भारतको दोस्रो ठूलो कम्पनी भएको बताइन्छ ।

दुवै कम्पनी बीचको सहकार्य सम्बन्धमा ओमेगा सेइकी मोबिलिटीका फाउन्डर तथा चेयरम्यान उदय नराङले विश्व बजारमा प्रवेश गराउने क्रममा ओमेगा सेइकीलाई कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनीमार्फत सहकार्य गरी नेपालमा उपलब्ध गराउन पाउदा खुसी लागेको बताए ।

एमएडब्लु वृद्धि कमर्सियल भेइकलका म्यानेजिङ डाइरेक्टर विवेक सिकारियाले इलेक्ट्रिक भेइकलको क्षेत्रमा नयाँ कार्य गरिरहेको र प्रविधिलाई प्रयोगमा ल्याइरहेको कम्पनीमार्फत नेपाललाई अझै वातावरणमैत्री तीन पांग्रे सवारी उपलब्ध गराउने र धेरै जनशक्तिलाई यही क्षेत्रमा कार्य गर्न प्रेरित गर्ने उद्देश्य पुरा हुने अपेक्षा गरे ।

एमएडब्लु वृद्धि कमर्सियल भेइकलले आगामी दिनमा तीनपांग्रे सवारी बाहेक अन्य सवारी साधन समेत उपलब्ध गराउदै जाने बताएको छ ।

एंग्लियन ओमेगा ग्रुप अन्तर्गत स्थापित ओमेगा सेइकी मोबिलिटीले यी सवारी साधन उत्पादन गर्छ । यो ग्रुपले इलेक्ट्रिक मोबिलिटी वाहेक हाई टेक अटो कम्पोनेन्ट्स, इन्फ्रास्ट्रक्चर्स, सप्लाई चेन म्यानेजमेन्ट सर्भिसेज, ट्रेडिङ र स्पोर्ट्सको क्षेत्रमा समेत कारोबार गरिरहेको छ ।

यो नेटवर्कको भारत वाहेक युएई, स्विट्जरल्यान्ड, थाइल्यान्ड, जापान र हङकङमा समेत उपस्थिति छ ।

सम्बन्धित समाचारहरू

कोरला नाकाबाट पहिलो पटक भित्रिए १०० भन्दा बढी ईभी

कोरला नाकाबाट पहिलो पटक भित्रिए १०० भन्दा बढी ईभी

मुस्ताङ – लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात...

स्काईवेलको फ्ल्यागसिप शोरुम अब इटहरीमा

स्काईवेलको फ्ल्यागसिप शोरुम अब इटहरीमा

नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले...

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ईसी३ साइन परीक्षणको क्रममा नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...