बीवाईडीले बेच्यो एक महिनामै ५ लाख बढी कार, आयमा पहिलो पटक उछिन्यो टेस्लालाई

बीवाईडीले पहिलो पटक एक महिनामै ५ लाख भन्दा बढी युनिट कार बिक्री गर्न सफल भएको छ । बीवाईडीले अक्टोबर महिनामा ५ लाख ५२६ इलेक्ट्रिक प्यासेन्जर भेइकल बिक्री गरेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा ६६ प्रतिशत बढी हो ।

गत वर्षको अक्टोबर महिनामा बीवाईडीले ३ लाख १ हजार ९५ गाडी बिक्री गरेको थियो । त्यसैगरी गत सेप्टेम्बर महिनाको तुलनामा यो महिना २० प्रतिशत बढी बिक्री भएको हो । गत सेप्टेम्बरमा बीवाईडीले ४ लाख १७ हजार ६०३ गाडी बिक्री गरेको थियो ।

यो वर्षको जनवरी देखि अक्टोबरको अवधिमा बीवाईडीले ३२ लाख ३६ हजार ९२७ इलेक्ट्रिक कार बिक्री गरेको छ, जन गत वर्षको यही अवधिको तुलनामा ३६ प्रतिशत बढी हो ।

बीवाईडीले सन् २०२४ भरीमा ३६ लाख गाडी बिक्री गर्ने लक्ष्य लिएको थियो । यस अनुसार यो लक्ष्य स्वाभाविक रुपमा हासिल गर्ने अनुमान गरिएको छ । बीवाईडीले आन्तरिक रुपमा यो लक्ष्य बढाएर ४० लाख पु¥याउने लक्ष्य लिएको समाचार समेत सार्वजनिक भएका छन् । यद्यपि बीवाईडीले सो लक्ष्य लिएको वारेमा भने केही बताएको छैन ।

यसरी प्रकाशित सेल्स डाटा अन्तर्गत बीवाईडीले बिक्री गरेका न्यु इनर्जी भेइकल (एनईभी) को बिक्री तथ्यांक पर्छन् । यस अन्तर्गत ब्याट्री इलेक्ट्रिक र प्लग इन हाइब्रिड भेइकल पर्छन् । फ्युल सेल इलेक्ट्रिक अर्थात हाइब्रिड भेइकल समेत यसमा परे पनि बीवाईडीले यी भेइकल उत्पादन नगर्ने भएकाले सो डाटामा समावेश छैन ।

पेट्रोलियम पदार्थबाट चल्ने गाडी अर्थात आईसीई कारको उत्पादन भने बीवाईडीले सन् २०२२ को अप्रिल देखि नै बिक्री गर्न बन्द गरेको हो ।

त्यसैगरी बीवाईडीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक आय अनुसार पहिलो पटक अर्को प्रतिष्ठित कम्पनी टेस्लाको आयलाई समेत उछिनेको छ ।

बीवाईडीले हालै सेप्टेम्बर ३० सम्मको आय सार्वजनिक गरेको छ । यस अनुसार बीवाईडीले २०१.१२ बिलियन युआन अर्थात २८.२४ बिलियन डलर आय गरेको छ, जुन गत वर्षको तुलनामा २४ प्रतिशत बढी हो ।

यसै सन्दर्भमा हालै रोयटर्सले सार्वजनिक गरेको समाचार अनुसार बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट हि झिकीले अगस्ट देखि अक्टोबर सम्मको अवधिमा करिव २ लाख युनिटको दरले उत्पादन वृद्धि गरिरहेको र करिव २ लाख कर्मचारी समेत भर्ना गरिएको बताएका छन् ।

टेस्लाले भने यही अवधिमा २५.१८ बिलियन डलर आय सार्वजनिक गरेको छ । यद्यपि समग्र आयमा भने टेस्ला नै अगाडि रहेको छ ।

बीवाईडी र टेस्ला विश्व बजारमा नै प्रतिस्पर्धी कम्पनीको रुपमा अगाडि बढिरहेका छन् ।

सम्बन्धित समाचारहरू

नेपालमा टाटा नेक्सन ईभी किन्नेले अब १ महिनामै डेलिभरी पाउने, १८०० भन्दा धेरै बिक्री

नेपालमा टाटा नेक्सन ईभी किन्नेले अब १ महिनामै डेलिभरी पाउने, १८०० भन्दा धेरै बिक्री

काठमाडौं – नेपालमा टाटाको नेक्सन ईभी किन्ने ग्राहकले अर्डर गरेको एक...

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...

नयाँ ईभी भ्यान सोकोन ईसी ३६ नेपालमा, एकैपटक ४१ ग्राहकलाई चाबी हस्तान्तरण

नयाँ ईभी भ्यान सोकोन ईसी ३६ नेपालमा, एकैपटक ४१ ग्राहकलाई चाबी हस्तान्तरण

काठमाडौं – नेपाली बजारमा नयाँ ईभी भ्यान थपिएको छ । नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...