ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित
काठमाडौं – आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्री...
ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा लन्च गरेको छ । यसमा ४ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ ।
कम्पनीले सो बाइक अटो एक्सपो २०२३ मा सार्वजनिक गरेको थियो । सो बाइक ४०००, ५०००, ५००० प्लस र ६००० प्लस गरी ४ वटा ट्रिममा उपलब्ध छ । कम्पनीले एरा ५००० को मूल्य १ लाख ४३ हजार ९९९ र एरा ५००० प्लसको मूल्य १ लाख ५३ हजार ९९९ भारु तोकेको छ ।
कम्पनीले अहिलेसम्म एरा ४००० र एरा ६००० प्लसको मूल्य भने सार्वजनिक गरेको छैन । सो बाइकमा ३ वर्ष वा असीमित किलोमिटरको वारेन्टी र ३ वर्षको रोडसाइड असिस्टेन्स र एएमसी÷लेबर कभरेज पनि दिइएको छ ।
ई–बाइक एरा ४०००, ५००० र ५००० प्लस भेरिएन्टमा ५ केडब्ल्युको लिक्विड कुल्ड ब्याट्री प्याकको विकल्प दिइएको छ । सो बाइकले फुल चार्जमा १२५ किमीको रेन्ज दिन्छ । सो ब्याट्री सामान्य चार्जरबाट ५ घण्टा र फास्ट चार्जरबाट २ घण्टामा फुल चार्ज गर्न सकिने दाबी गरिएको छ । एरा ६००० प्लस मोडलमा ६ केडब्ल्युएचको ब्याट्री प्याक दिइएको छ जसको रेन्ज १५० किमीको छ ।
म्याटर एरालाई शार्प र स्कल्प्टेड लुक दिइएको छ । सो ई–बाइकले ६ सेकेन्डभन्दा कममा ० देखि ६० किमी प्रतिघण्टाको रेन्ज दिने कम्पनीको दाबी छ । बाइकमा ३ वटा ड्राइभिङ मोड छ । यसको इको मोडमा ३० किमी प्रतिघण्टा, सिटी मोडमा ७० किमी प्रतिघण्टा र स्पोर्ट मोडमा ९५ किमी प्रतिघण्टा टप स्पिड छ ।
बाइकमा फोजी, वाइफाई, ब्लुटुथ कनेक्टिभिटी, पार्क असिस्ट, किलेस अपरेशन, ओटीए अपडेट, प्रोग्रेसिभ ब्लिंकर र वेलकम लाइटको साथमा ७ इन्चको टच कम्प्याटिबल एलसीडी डिस्प्ले जस्ता फिचर रहेको छ
काठमाडौं – आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्री...
सुन्दर ट्रेडर्स प्रालिले डाउनपेमेन्ट नगरी मासिक किस्तामा स्कुटर खरिद...
वुलिङले नयाँ इलेक्ट्रिक सिटी कार वींगोलाई लन्च गरेको छ । यो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...