बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स ३ भोलि नेपाली बजारमा सार्वजनिक हुँदै
काठमाडौं – बीएमडब्ल्युको इलेक्ट्रिक कार पहिलो पटक नेपाली बजारमा भित्रिने...
ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा लन्च गरेको छ । यसमा ४ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ ।
कम्पनीले सो बाइक अटो एक्सपो २०२३ मा सार्वजनिक गरेको थियो । सो बाइक ४०००, ५०००, ५००० प्लस र ६००० प्लस गरी ४ वटा ट्रिममा उपलब्ध छ । कम्पनीले एरा ५००० को मूल्य १ लाख ४३ हजार ९९९ र एरा ५००० प्लसको मूल्य १ लाख ५३ हजार ९९९ भारु तोकेको छ ।
कम्पनीले अहिलेसम्म एरा ४००० र एरा ६००० प्लसको मूल्य भने सार्वजनिक गरेको छैन । सो बाइकमा ३ वर्ष वा असीमित किलोमिटरको वारेन्टी र ३ वर्षको रोडसाइड असिस्टेन्स र एएमसी÷लेबर कभरेज पनि दिइएको छ ।
ई–बाइक एरा ४०००, ५००० र ५००० प्लस भेरिएन्टमा ५ केडब्ल्युको लिक्विड कुल्ड ब्याट्री प्याकको विकल्प दिइएको छ । सो बाइकले फुल चार्जमा १२५ किमीको रेन्ज दिन्छ । सो ब्याट्री सामान्य चार्जरबाट ५ घण्टा र फास्ट चार्जरबाट २ घण्टामा फुल चार्ज गर्न सकिने दाबी गरिएको छ । एरा ६००० प्लस मोडलमा ६ केडब्ल्युएचको ब्याट्री प्याक दिइएको छ जसको रेन्ज १५० किमीको छ ।
म्याटर एरालाई शार्प र स्कल्प्टेड लुक दिइएको छ । सो ई–बाइकले ६ सेकेन्डभन्दा कममा ० देखि ६० किमी प्रतिघण्टाको रेन्ज दिने कम्पनीको दाबी छ । बाइकमा ३ वटा ड्राइभिङ मोड छ । यसको इको मोडमा ३० किमी प्रतिघण्टा, सिटी मोडमा ७० किमी प्रतिघण्टा र स्पोर्ट मोडमा ९५ किमी प्रतिघण्टा टप स्पिड छ ।
बाइकमा फोजी, वाइफाई, ब्लुटुथ कनेक्टिभिटी, पार्क असिस्ट, किलेस अपरेशन, ओटीए अपडेट, प्रोग्रेसिभ ब्लिंकर र वेलकम लाइटको साथमा ७ इन्चको टच कम्प्याटिबल एलसीडी डिस्प्ले जस्ता फिचर रहेको छ
काठमाडौं – बीएमडब्ल्युको इलेक्ट्रिक कार पहिलो पटक नेपाली बजारमा भित्रिने...
भियतनामी ईभी निर्माता भिनफास्टले अर्को वर्षदेखी इलेक्ट्रिक टु–ह्विलर...
विश्वभर तीव्र गतिमा फैलिँदै गएको विद्युतीय सवारी अर्थात ईभीको प्रयोगले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...