यी स्थानमा बन्दै छ विद्युत प्राधिकरणको चार्जिङ स्टेशन : निर्माण कार्यमा तीव्रता
काठमाडौं – नेपाल विद्युत प्रधिकरणले विद्युतीय सवारी चार्ज गर्न चार्जिङ...
फ्रान्सेली अटोमोबाइल कम्पनी लिगियरद्वारा डिजाइन गरेको माइली इलेक्ट्रिक कार भारतमा प्रवेशको लागि तयारी गरिरहेको छ । यो कार भारतमा ३ भेरिएन्टमा लन्च गर्न सक्नेछ । यो कार युरोपेली बजारमा भने लन्च भइसकेको छ ।
कम्पनीले भारतमा यो कारको रोड टेस्ट सुरु गरिसकेको छ । यो इलेक्ट्रिक कार चाँडै नै भारतमा लन्च हुने खबर सार्वजनिक भएको छ । सो कार अटो एक्स्पो २०२४ मा सार्वजनिक गर्ने सम्भावना छ र त्यही बेला यसको बुकिङ पनि सुरु गर्न सकिनेछ । यद्यपि कम्पनीले हाल यस सम्बन्धमा कुनै आधिकारिक जानकारी दिएको छैन ।
माइली इलेक्ट्रिक कार एउटा कम्प्याक्ट कार हो, जसमा २ वटा ढोका दिइएको छ । कारका ४ भेरिएन्ट गुड, आइडियल, एपिक र रिवेल युरोपेली बजारमा उपलब्ध छ । यो कार टाटाको नानो भन्दा पनि सानो छ ।
कारको लम्बाई २९६० एमएम छ । यसको ह्विलबेस पनि निकै छोटो छ । सो कार ३ ब्याट्री विकल्पमा उपलब्ध छ । यसमा ४.१४ किलोवाट, ८.२८ किलोवाट र १२.४२ किलोवाटको ब्याट्री प्याक दिइएको छ । जसमा कारको रेन्ज ६३ किमी, १२३ किमी र १९२ किमीसम्म रहेको छ ।
कारमा नेभिगेसनका साथसाथै क्लाइमेट कन्ट्रोल एसी, भेन्टिलेटेड सिट, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कीलेस इन्ट्री र क्रयास गार्ड जस्ता फिचर उपलब्ध छ । साथै स्टेयरिङ कन्ट्रोल, एबीएस, ईबीडी, लेन कन्ट्रोल सिस्टम, ड्युअल एयरब्यागजस्ता सेफ्टी फिचर उपलब्ध छ ।
कम्पनीले यसको मूल्यको बारेमा कुनै जानकारी दिएको छैन । तर रिपोर्टका अनुसार यो कार ५ लाख भारु भन्दा कम मूल्यमा लन्च गर्न सक्नेछ । सो कारको मूल्य र फिचरले कमेट र टाटा टियागो जस्ता इलेक्ट्रिक कारलाई कडा प्रतिस्पर्धा दिनेछ ।
काठमाडौं – नेपाल विद्युत प्रधिकरणले विद्युतीय सवारी चार्ज गर्न चार्जिङ...
काठमाडौं – चालु आर्थिक वर्षको साउन देखि माघ महिना सम्म ७ महिनाको अवधिमा...
नेपाली बजारमा सर्बाधिक बिक्री हुँदै आइरहेको इलेक्ट्रिक एसयुभी एमजी जेडएस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...