बीवाईडीको ब्राजिल प्लान्टले अर्जेन्टिना र मेक्सिकोबाट पायो १ लाख युनिट अर्डर
काठमाडौं–बीवाईडीको ब्राजिल प्लान्टले सञ्चालनमा आएको छोटो अबधीमै...
फ्रान्सेली अटोमोबाइल कम्पनी लिगियरद्वारा डिजाइन गरेको माइली इलेक्ट्रिक कार भारतमा प्रवेशको लागि तयारी गरिरहेको छ । यो कार भारतमा ३ भेरिएन्टमा लन्च गर्न सक्नेछ । यो कार युरोपेली बजारमा भने लन्च भइसकेको छ ।
कम्पनीले भारतमा यो कारको रोड टेस्ट सुरु गरिसकेको छ । यो इलेक्ट्रिक कार चाँडै नै भारतमा लन्च हुने खबर सार्वजनिक भएको छ । सो कार अटो एक्स्पो २०२४ मा सार्वजनिक गर्ने सम्भावना छ र त्यही बेला यसको बुकिङ पनि सुरु गर्न सकिनेछ । यद्यपि कम्पनीले हाल यस सम्बन्धमा कुनै आधिकारिक जानकारी दिएको छैन ।
माइली इलेक्ट्रिक कार एउटा कम्प्याक्ट कार हो, जसमा २ वटा ढोका दिइएको छ । कारका ४ भेरिएन्ट गुड, आइडियल, एपिक र रिवेल युरोपेली बजारमा उपलब्ध छ । यो कार टाटाको नानो भन्दा पनि सानो छ ।
कारको लम्बाई २९६० एमएम छ । यसको ह्विलबेस पनि निकै छोटो छ । सो कार ३ ब्याट्री विकल्पमा उपलब्ध छ । यसमा ४.१४ किलोवाट, ८.२८ किलोवाट र १२.४२ किलोवाटको ब्याट्री प्याक दिइएको छ । जसमा कारको रेन्ज ६३ किमी, १२३ किमी र १९२ किमीसम्म रहेको छ ।
कारमा नेभिगेसनका साथसाथै क्लाइमेट कन्ट्रोल एसी, भेन्टिलेटेड सिट, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कीलेस इन्ट्री र क्रयास गार्ड जस्ता फिचर उपलब्ध छ । साथै स्टेयरिङ कन्ट्रोल, एबीएस, ईबीडी, लेन कन्ट्रोल सिस्टम, ड्युअल एयरब्यागजस्ता सेफ्टी फिचर उपलब्ध छ ।
कम्पनीले यसको मूल्यको बारेमा कुनै जानकारी दिएको छैन । तर रिपोर्टका अनुसार यो कार ५ लाख भारु भन्दा कम मूल्यमा लन्च गर्न सक्नेछ । सो कारको मूल्य र फिचरले कमेट र टाटा टियागो जस्ता इलेक्ट्रिक कारलाई कडा प्रतिस्पर्धा दिनेछ ।
काठमाडौं–बीवाईडीको ब्राजिल प्लान्टले सञ्चालनमा आएको छोटो अबधीमै...
इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी प्योर ईभीले भारतीय बजारमा नयाँ...
इलेक्ट्रिक सवारी साधन स्टार्टअप र्याप्टी डट एचभीले भारतमा आफ्नो पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...