एमजी र नेटा भीको नयाँ मूल्यले नेक्सन ईभीको मूल्य स्थिर राख्न दवाव
आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले इलेक्ट्रिक कारको करमा फेरवदल...
काठमाडौं – सरकारले १ हजार ५ सय सीसी भन्दा बढी क्षमताका कार, जिप र भ्यानको आयातमा रोक लगाएसँगै यस्ता सवारी साधनको आयात ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम महिना अर्थात असारमा करिव २९ करोडको कार, जिप र भ्यान मात्र आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार सो आर्थिक वर्षको असोज महिनामा सबैभन्दा बढी अर्थात २ अर्ब ७५ करोडको कार, जिप, भ्यान आयात भएका छन् । त्यसपछि भदौमा २ अर्ब ३४ करोड र साउनमा १ अर्ब ५४ करोडका ती सवारी साधन आयात भएका छन् ।
चौथो नम्बरमा जेठ महिनामा १ अर्ब ५० करोडका कार, जिप र भ्यान आयात भएका छन् ।
तथ्यांक अनुसार कात्तिक महिनामा १ अर्ब ७४ करोड, मंसिर महिनामा १ अर्ब २९ करोड, पुस महिनामा १ अर्ब २० करोड, माघ महिनामा ८८ करोड र फागुन महिनामा १ अर्ब १० करोडका सवारी साधन आयात भए ।
त्यसैगरी चैत महिनामा ७९ करोड र बैशाख महिनामा १ अर्ब २१ करोडका कार, जिप र भ्यान आयात भएका छन् ।
सरकारले गत बैशाख देखि नै यस्ता सवारी साधन आयातमा प्रतिबन्ध लगाउदै आएको छ । सो प्रतिबन्ध भदौ मध्य सम्मका लागि लगाइएको छ ।
इलेक्ट्रिक सवारी साधनमा भने प्रतिबन्ध लगाइएको छैन ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले इलेक्ट्रिक कारको करमा फेरवदल...
काठमाडौं – भोलि मंगलबारबाट सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो...
विश्वभर विद्युतीय कारको प्रयोग तिब्र गतिमा बढिरहेको छ । कार्बन उत्सर्जन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...