लिपमोटरको ऐतिहासिक रेकर्ड : सेप्टेम्बरमा १,०५,६५६ युनिट डेलिभरी

लिपमोटरले आफ्नो विश्वव्यापी विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गर्दै सेप्टेम्बर २०२६ मा विश्वभर १ लाख ५ हजार ६५६ युनिट सवारीसाधन डेलिभरी गरेको छ । यस अनुसार कम्पनीले तेस्रो त्रैमासिकमा ३ लाख १० हजार ५२ युनिट डेलिभरीको आँकडा पार गरेको छ ।

यो उपलब्धिसँगै ब्रान्डले लगातार तेस्रो महिना मासिक १ लाख युनिटभन्दा बढी डेलिभरीको प्रतिष्ठित कोशेढुङ्गा पार गरेको छ, जसअनुसार सेप्टेम्बरमा वार्षिक आधारमा ५९ प्रतिशत र तेस्रो त्रैमासिकमा ७८.३ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ ।

यस त्रैमासिक गतिले सन् २०२६ को पहिलो नौ महिनामा लिपमोटरको कुल विश्वव्यापी डेलिभरीलाई ६ लाख ६६ हजार ५३९ युनिट पु¥याएको छ, जसले सन् २०२५ को पूरा वर्षको कुल संख्यालाई समेत उछिनेको छ ।

विश्वव्यापी अटोमोटिभ क्षेत्रको अग्रणी कम्पनी स्टेलान्टिससँगको संयुक्त साझेदारी ’लिपमोटर इन्टरनेसनल’ को सहयोगमा ब्रान्डको अन्तर्राष्ट्रिय उपस्थिति तीव्र गतिमा अघि बढिरहेको छ । हालसम्म यसको कुल विश्वव्यापी निर्यात १ लाख ५० हजार युनिट नाघेको छ भने युरोपमा बिक्री तथा सेवा सञ्जाल १ हजार भन्दा बढी स्थानहरूमा द्रुत गतिमा विस्तार भइरहेको छ ।

लिपमोटरले विश्वमै तीव्र गतिमा वृद्धि भइरहेको नयाँ ऊर्जा सवारीसाधन अर्थात एनईभी आविष्कारकहरू माझ आफ्नो स्थान थप मजबुत बनाएको छ । नेपालमा साँग्रिला मोटर्स प्रालिले लिपमोटरका सवारी साधनको बिक्री–वितरण गरिरहेको छ ।

नेपालमा लिपमोटर टी०३, बी०३एक्स, बी१० र सी१० जस्ता स्मार्ट तथा उच्च कार्यक्षमता भएका विद्युतीय सवारीसाधन उपलब्ध छन् । यो ब्रान्डले नेपालभरका चालकहरूलाई उन्नत ईभी प्रविधि, प्रिमियम सुरक्षा र भरपर्दो दिगो गतिशीलता प्रदान गर्न प्रतिबद्ध रहेको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...