लिप मोटर टी०३ को मूल्य ३४ लाख, जनवरी देखि बिक्री हुने

काठमाडौं – सांग्रिला मोटर्सले नेपाली बजारमा लिप मोटरको नयाँ स्मार्ट ईभी टी०३ भित्र्याउने भएको छ । ७० किलोवाट मोटरमा उपलब्ध हुने सो ईभीको मूल्य ३४ लाख रुपैयाँ हुनेछ ।

आगामी जनवरी महिनामा नेपाल भित्र्याउने तयारीका साथ कार्य भइरहेको कम्पनी स्रोतको भनाइ छ ।

३७.३ किलोवाट आवरको ब्याट्री प्रयोग भएको सो ईभीले सिंगल चार्जमा २६५ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने बताइएको छ । यसले १५८ एनएम सम्मको उच्चतम टर्क जेनेरेट गर्नेछ ।

हाल सो गाडीको परीक्षण नेपाली सडकमा भइरहेको छ । यसको अन्य जानकारी भने कम्पनीले सार्वजनिक गरेको छैन । आगामी दिनमा यसको वारेमा थप जानकारी उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

लिप मोटर टी०३ स्मार्ट ईभीको अर्को ५० किलोवाट मोटरको अर्को भेरिएन्ट समेत आगामी दिनमा नेपाल भित्र्याउने कम्पनीको तयारी छ । यसको मूल्य पनि अहिलेको भेरिएन्ट भन्दा कम हुनेछ ।

यो भन्दा पहिले सांग्रिला मोटरले लिप मोटरको सी१० बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा यसको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

औपचारिक लन्चको पर्खाईमा राफ्ट मोटर्सका विद्युतीय स्कुटर

औपचारिक लन्चको पर्खाईमा राफ्ट मोटर्सका विद्युतीय स्कुटर

काठमाडौं – नेपाली बजारमा भारतको प्रसिद्ध इलेक्ट्रिक सवारी निर्माता...

एमएडब्लु वृद्धिले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

एमएडब्लु वृद्धिले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

वीरगन्ज – नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लु...

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

पेट्रोल वा डिजेलका विकल्पमै सीमित उपभोक्ता अहिले हाइब्रिड र इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...