एमएडब्लु वृद्धिले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

वीरगन्ज – नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि मोटर्स प्रालिले नारायणी अटोकर्पसँगको साझेदारीमा वीरगन्जमा नयाँ शोरुमको उदघाटन गरेको छ । यो कदम नेपालभर आफ्नो प्रभाव विस्तार गर्न र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतामा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको कम्पनीको भनाइ छ ।

प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसाल, नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, नारायणी अटोकर्पका निर्देशक रवि केयाल र नारायणी अटोकर्पकै रवि बजाज लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिमा उक्त शोरुमको उदघाटन गरिएको थियो।

वीरगन्जको मुटुमा रहेको प्रतिमा चोकमा अवस्थित नयाँ शोरुमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडलहरूको उत्साहजनक अनुभव प्रदान गर्नेछ । ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा योग्य कर्मचारीहरूको एक समर्पित टोली व्यक्तिगत परामर्श र परीक्षण ड्राइभहरू प्रदान गर्न तयार छ । वीरगन्ज शोरुमको उद्घाटनसँगै एमएडब्लु वृद्धि मोटर्सले नेपालमा आफ्नो प्रभाव बलियो बनाएको छ ।

मधेश प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प
नामी र सेरेसले प्रतिमा चोकको नारायणी अटोकर्पमा आफ्नो बहुप्रतिक्षित कार्यक्रम सुरु गर्दै गर्दा वीरगन्जभर उत्साह छाएको कम्पनीको भनाइ छ । मंसिर १९ गते बुधबार बिहान १० बजे आयोजित शोरुमको भव्य उदघाटनले विद्युतीय गतिशीलतामा यस क्षेत्रका लागि नयाँ युगको सुरुवात गरेको छ ।

उदघाटन पछि हाल सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प चलिरहेको छ जुन मंसिर २१ गते शुक्रबारसम्म हरेक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । क्याम्पले ग्राहकहरूलाई नवीनतम विद्युतीय सवारी साधनहरूको अन्वेषण र परीक्षण गर्ने, विशेष लन्च अफरहरूको आनन्द लिने र उत्कृष्ट एक्सचेन्ज मूल्य र अतिरिक्त बोनसहरूका साथमा आफ्नो सवारीलाई अपग्रेड गर्ने अनुपम अवसर प्रदान गर्दछ । आगन्तुकहरूले प्रत्येक नयाँ खरिदको साथमा अन–स्पट फाइनान्सिङ र निःशुल्क सामानहरूको फाइदा लिन सक्छन् ।

खानाका स्टलहरू, संगीत, परिवार–अनुकूल गतिविधिहरू र प्रत्येक टेस्ट ड्राइभ वा मूल्याङ्कनका लागि विशेष उपहारहरूको साथमा कार्यक्रम उत्साह र उमंगको केन्द्र बनेको छ। वीरगन्जमा विरलै हुने यस कार्यक्रमको हिस्सा बन्ने र दिगो ड्राइभिङको भविष्यको अनुभव गर्ने मौका नगुमाउन र नारायणी अटोकर्पमा आई जोडिएर विद्युतीय आविष्कार र उत्कृष्ट अफरहरूको मज्जा लिन एमएडब्लु वृद्धिले आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

स्पेनमा विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाउँदा ७ हजार युरोसम्म पाइने

स्पेनमा विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाउँदा ७ हजार युरोसम्म पाइने

स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन्...

थ्रीरो र ७ सिट भएको मर्सिडिज बेन्जको पहिलो लक्जरी इलेक्ट्रिक एसयूभी

थ्रीरो र ७ सिट भएको मर्सिडिज बेन्जको पहिलो लक्जरी इलेक्ट्रिक एसयूभी

मर्सिडिज बेन्जले लक्जरी इलेक्ट्रिक सवारी साधनमा आफ्नो लाइनअप विस्तार...

यस्ता हुनेछन् नाडा अटो शो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफर, करिव ७ लाख छुटमा गाडी

यस्ता हुनेछन् नाडा अटो शो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफर, करिव ७ लाख छुटमा गाडी

काठमाडौं – यसपालिको नाडा अटो शो २०२५ को अवसरमा फोटोन टुनल्यान्ड पिकअप,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...