एमएडब्लु वृद्धिले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

वीरगन्ज – नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि मोटर्स प्रालिले नारायणी अटोकर्पसँगको साझेदारीमा वीरगन्जमा नयाँ शोरुमको उदघाटन गरेको छ । यो कदम नेपालभर आफ्नो प्रभाव विस्तार गर्न र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतामा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको कम्पनीको भनाइ छ ।

प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसाल, नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, नारायणी अटोकर्पका निर्देशक रवि केयाल र नारायणी अटोकर्पकै रवि बजाज लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिमा उक्त शोरुमको उदघाटन गरिएको थियो।

वीरगन्जको मुटुमा रहेको प्रतिमा चोकमा अवस्थित नयाँ शोरुमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडलहरूको उत्साहजनक अनुभव प्रदान गर्नेछ । ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा योग्य कर्मचारीहरूको एक समर्पित टोली व्यक्तिगत परामर्श र परीक्षण ड्राइभहरू प्रदान गर्न तयार छ । वीरगन्ज शोरुमको उद्घाटनसँगै एमएडब्लु वृद्धि मोटर्सले नेपालमा आफ्नो प्रभाव बलियो बनाएको छ ।

मधेश प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प
नामी र सेरेसले प्रतिमा चोकको नारायणी अटोकर्पमा आफ्नो बहुप्रतिक्षित कार्यक्रम सुरु गर्दै गर्दा वीरगन्जभर उत्साह छाएको कम्पनीको भनाइ छ । मंसिर १९ गते बुधबार बिहान १० बजे आयोजित शोरुमको भव्य उदघाटनले विद्युतीय गतिशीलतामा यस क्षेत्रका लागि नयाँ युगको सुरुवात गरेको छ ।

उदघाटन पछि हाल सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प चलिरहेको छ जुन मंसिर २१ गते शुक्रबारसम्म हरेक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । क्याम्पले ग्राहकहरूलाई नवीनतम विद्युतीय सवारी साधनहरूको अन्वेषण र परीक्षण गर्ने, विशेष लन्च अफरहरूको आनन्द लिने र उत्कृष्ट एक्सचेन्ज मूल्य र अतिरिक्त बोनसहरूका साथमा आफ्नो सवारीलाई अपग्रेड गर्ने अनुपम अवसर प्रदान गर्दछ । आगन्तुकहरूले प्रत्येक नयाँ खरिदको साथमा अन–स्पट फाइनान्सिङ र निःशुल्क सामानहरूको फाइदा लिन सक्छन् ।

खानाका स्टलहरू, संगीत, परिवार–अनुकूल गतिविधिहरू र प्रत्येक टेस्ट ड्राइभ वा मूल्याङ्कनका लागि विशेष उपहारहरूको साथमा कार्यक्रम उत्साह र उमंगको केन्द्र बनेको छ। वीरगन्जमा विरलै हुने यस कार्यक्रमको हिस्सा बन्ने र दिगो ड्राइभिङको भविष्यको अनुभव गर्ने मौका नगुमाउन र नारायणी अटोकर्पमा आई जोडिएर विद्युतीय आविष्कार र उत्कृष्ट अफरहरूको मज्जा लिन एमएडब्लु वृद्धिले आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

जी मोटर्स हुँदै जी ईभीमा फड्को : नाडा अटो शोमा ल्याउँदै छ जी ईभीले सर्बाधिक रेन्जको ईभी

जी मोटर्स हुँदै जी ईभीमा फड्को : नाडा अटो शोमा ल्याउँदै छ जी ईभीले सर्बाधिक रेन्जको ईभी

काठमाडौं – आगामी भाद्र २६ देखि ३१ सम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना...

एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति

एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति

कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...

फुल चार्जमा १८७ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक लन्च

फुल चार्जमा १८७ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक बाइक लन्च

इलेक्ट्रिक टु-व्हिलर स्टार्ट-अप ओबेन इलेक्ट्रिकले हालै आफ्नो रोर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...