हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

पेट्रोल वा डिजेलका विकल्पमै सीमित उपभोक्ता अहिले हाइब्रिड र इलेक्ट्रिक कार जस्ता आधुनिक, वातावरणमैत्री सवारी साधनतर्फ आकर्षित भइरहेका छन् । बजारमा यी दुवै प्रकारका कारहरूको लोकप्रियता बढ्दै गए पनि धेरैलाई तिनको परफर्मेन्सको बारे स्पष्ट जानकारी हुँदैन ।

इलेक्ट्रिक कार पूर्ण रूपमा ब्याट्रीमा चल्ने सवारी साधन हो । यस्तो कारमा केवल एक इलेक्ट्रिक मोटर हुन्छ । यसमा कुनै पेट्रोल वा डिजेल इन्जिन प्रयोग हुँदैन । कार चलाउन आवश्यक ऊर्जा ब्याट्रीमा स्टोर गरिएको बिजुलीद्वारा मिल्छ, जुन घरमै वा सार्वजनिक चार्जिङ स्टेशनमा चार्ज गर्न सकिन्छ । इलेक्ट्रिक कारको प्रमुख फाइदा भनेको खर्च अत्यन्तै कम हुनु र प्रदूषण शून्य हुनु हो । तर, एक पटक फुल चार्ज गरेपछि सीमित दूरी मात्रै तय गर्न सकिने भएकाले रेन्ज यसको मुख्य चुनौती मानिन्छ।

हाइब्रिड कार पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुई पावर स्रोतमा आधारित हुन्छ । यसमा यी दुवैले मिलेर गाडीलाई चलाउने काम गर्छ । सानो गतिमा वा सुरुमा कार इलेक्ट्रिक मोटरबाट चल्छ भने उच्च गतिमा पुगेपछि पेट्रोल इन्जिन सक्रिय हुन्छ। चल्दा–चल्दै ब्रेकिङ गर्दा उत्पन्न ऊर्जा ब्याट्रीमा पुनः भण्डारण हुने भएकाले हाइब्रिड कारलाई छुट्टै चार्जिङ आवश्यक पर्दैन। यसले पेट्रोल खपत घटाउँछ, माइलेज बढाउँछ र प्रदूषण कम गर्छ ।

दुवै प्रकारका कार वातावरणमैत्री भए पनि परफर्मेन्स, ऊर्जा स्रोत र दैनिक प्रयोगका दृष्टिले फरक छन् । इलेक्ट्रिक कारमा पूर्ण इलेक्ट्रिक ऊर्जा प्रयोग हुने हुँदा शून्य उत्सर्जन र कम खर्च यसको विशेषता हो । हाइब्रिड कारमा दुवै पावर सिस्टमको प्रयोग हुने हुँदा दैनिक शहर यात्रामा उत्कृष्ट माइलेज र सहजता प्रदान गर्छ ।

कार किन्नुअघि आफ्नो बजेट, यात्रा दूरी, चार्जिङ सुविधाको उपलब्धता र प्रयोगको प्राथमिकता अनुसार कुन प्रकारको कार उपयुक्त हुन्छ भन्ने मूल्यांकन गर्न आवश्यक छ । हाइब्रिड र इलेक्ट्रिक कार दुवैले भविष्यको स्मार्ट र स्वच्छ यातायात सिस्टमतर्फ मार्ग प्रशस्त गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

२३ लाखमै पाइने भयो थप सुरक्षित हेनरी मिनीकार

२३ लाखमै पाइने भयो थप सुरक्षित हेनरी मिनीकार

काठमाडौं – भृकुटीमण्डपमा आज प्रारम्भ भएको ईभी एक्सपोमा हेनरीको मिनीकार...

नेपाली बजारमा चर्चामा रहेको ईभी मलेसियामा लन्च

नेपाली बजारमा चर्चामा रहेको ईभी मलेसियामा लन्च

मलेसियामा औपचारिक रुपमा डोङफेङ बक्स ईभी लन्च भएको छ । सन् २०२२ देखि...

कबिरा मोबिलिटीले ल्यायो हाल सम्मकै सर्बाधिक ३४४ किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक बाइक केएम५०००

कबिरा मोबिलिटीले ल्यायो हाल सम्मकै सर्बाधिक ३४४ किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक बाइक केएम५०००

कबिरा मोबिलिटीले नयाँ केएम५००० इलेक्ट्रिक क्रुजर बाइक ल्याएको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...