टाटा ईभीको बजार हिस्सामा भारी गिरावट, एमजी र महिन्द्राले पछ्याउँदै
काठमाडौं–केहि समय अघिसम्म एकछत्रजस्तै बजार लिएको टाटा ईभीले पछिल्लो समय...
काठमाडौं – नेपाली बजारमा भारतको प्रसिद्ध इलेक्ट्रिक सवारी निर्माता कम्पनी राफ्ट मोटर्सका विद्युतीय स्कुटर भित्रिदै छन् । आइएमई समूह अन्तर्गतको आइएमई इलेक्ट्रिकले सो ब्रान्डका स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेको बताएको छ । आगामी फेस्टिभ समय सम्म स्कुटर बिक्रीका लागि उपलब्ध हुने अनुमान गरिएको छ । यद्यपि केही दिन पहिले कम्पनीले ललितपुर महानगरपालिकालाई ६ युनिट स्कुटर हस्तान्तरण गरिसकेको छ ।
भारतको मुम्बईमा अवस्थित राफ्ट मोटर्सको स्थापना सन् २०१७ मा भएको थियो । बजारमा इकोनोमिक, स्मार्ट, इनोभेटिभ, स्टाइलिस, कम्फर्टेबल र इनर्जी–एफिसियन्ट इलेक्ट्रिक सवारी साधन उपलब्ध गराएर नम्बर १ इलेक्ट्रिक भेइकल कम्पनी बन्ने लक्ष्यका साथ राफ्ट मोटर्सको स्थापना भएको हो । भविष्यको पुस्ताका लागि इको–फ्रेन्ड्ली टेक्नोलोजीको बेन्चमार्क स्थापना गर्ने कम्पनीको भनाइ छ ।
ईभी सेगमेन्टमा सन् २०२५ सम्म लिडर बन्ने कम्पनीको लक्ष्य छ । यसका लागि ग्राहकलाई क्वालिटी र स्किल्ड सर्भिस उपलब्ध गराउने र इलेक्ट्रिक भेइकल ट्रेनिङ मोड्युलमार्फत रोजगारी सिर्जना गर्ने कुरामा कम्पनी केन्द्रीत रहने बताइएको छ ।
योङ, डाइनामिक र भिजनरी आन्टरप्रेनर्सको व्यवस्थापनमा सञ्चालित म्यानेजमेन्टमा कर्पोरेट म्यानेजमेन्टमा धेरै अनुभव प्राप्त व्यक्तिहरु समेत सम्मिलित छन् । यसले गर्दा बिजनेस मिसनमा फोकस गर्ने युजर्स र पार्टनर्सले भ्याल्यु, क्वालिटी र अनप्यारालल्ड सेवा पाउन सक्छन् ।
भारतको मुम्बईमा अवस्थित ४० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको स्टेट अफ द आर्ट म्यानुफ्याक्चरिङ फ्यासिलिटिजमा उच्च दक्ष व्यावसायिक व्यक्तिहरुले इनोभेसन, प्रोडक्ट डेभलपमेन्ट, प्रिसिजन एसेम्बली र क्वालिटी कन्ट्रोल जस्ता क्षेत्रमा कार्य गरिरहेका हुन्छन् ।
कम्पनीले अफोर्डेबल रेटमा कस्टमर सन्तुष्टी हुने गरी प्रदूषणमुक्त, कम्फर्टेबल र स्टाइलिस बेस्ट क्वालिटी ईभी उत्पादन गर्छ ।
नेपाली बजारमा टीस्टा, नुब्रा, वारियर, जिस्पा र इन्डस जस्ता मोडल बिक्रीका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ । यी स्कुटरले ४८० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको भनाइ छ । यद्यपि यसको मूल्य र रेन्जको वारेमा आइएमई मोटर्सले अहिले केही बताएको छैन ।
काठमाडौं–केहि समय अघिसम्म एकछत्रजस्तै बजार लिएको टाटा ईभीले पछिल्लो समय...
काठमाडौं – नेपाल चीन सीमानामा एमजी एस५ ईभी देखिएको छ । नेपाली बजारमा धेरैले...
काठमाडौं – सरकारले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...