आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर
काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा...
न्यू ईनर्जी भेइकल उत्पादक लिप मोटर चिनियाँ स्टार्टअप कार ब्रान्डमा अगाडि देखिएको छ । लिपमोटरले लगातार दोस्रो महिना पनि चीनको शीर्ष ईभी स्टार्टअप कम्पनीमा आफ्नो स्थान सुरक्षित राखेको हो ।
लिपमोटरले अप्रिल महिनामा ४१ हजार ३९ युनिट ईभी डेलिभरी गर्दै अन्य स्टार्टअप कार ब्रान्डलाई पछि पारेको जनाइएको छ । उसले जनवरीदेखि अप्रिलसम्म १ लाख २८ हजार ५९१ युनिट कार डेलिभरी गरेको दाबी गरेको छ ।
युरोपेली ब्रान्ड स्टेलान्टिसको प्रवेशपछि लिपमोटरको बिक्रीमा एकपछि अर्को उछाल देखिँदै गएको छ । गत अप्रिलमा लिपमोटरलाई पछ्याउँदै अर्को स्टार्टअप कार ब्रान्ड एक्सपेङले ३३ हजार ४५ युनिट कार बिक्री गरेको छ ।
३३ हजार ९३९ युनिट कार डेलिभरीसहित एलआई अटो तेस्रो भएको छ भने चौथो स्थानमा पर्न सफल साओमीले २८ हजार युनिट कार बिक्री गरेको छ । यसैगरी, पाँचौदेखि १० औं स्थानमा क्रमशः दिपल, निओ, जिकर, अवतार, भोया र ओन्भोले स्थान सुरक्षित गरेका छन् ।
यी १० उत्कृष्ट स्टार्टअप कार ब्रान्ड मध्ये लिपमोटर, एक्सपेङ, जिकर, दिपल र अवतार नेपाली बजारमा समेत उपलब्ध छन् ।
काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा...
चिनियाँ अटो निर्माता चांगनले विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप...
नेपाली बजारमा हालै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड कोमाकीका दुई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...