थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो चांगनको नयाँ ईभी, प्रतीक्षामा नेपाल
थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी...
काठमाडौं – लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले काठमाडौंको उत्तरढोकास्थित शोरुममा विशेष टेस्ट ड्राइभ कार्यक्रमको घोषणा गरेको छ। उक्त कार्यक्रम २०८१ मंसिर ३० देखि पुस ६ सम्म सञ्चालन हुनेछ र सबैका लागि खुला रहनेछ ।
सो विशेष कार्यक्रममा सहभागीहरूले लिपमोटर सी१० इलेक्ट्रिक एसयूभीको लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।
लिपमोटर सी१० एक लक्जरी इलेक्ट्रिक एसयूभी हो, जुन आधुनिक चालकहरूको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ। यसमा ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री, १६० किलोवाट क्षमताको मोटर र ३२० एनएम टर्क क्षमता रहेको छ।
यो गाडीले ४२० किमी (डब्लुएलटीपी) रेन्ज दिनेछ भने १९० एमएम ग्राउण्ड क्लियरेन्सका साथ नेपालको विविध भूभागमा सहज यात्राको लागि उपयुक्त छ। साथै, सी१० ले फाइभ स्टार एनक्याप सेफ्टी स्ट्यान्डर्ड प्राप्त गरेको छ, जसले सबै यात्रुहरूको लागि उच्चस्तरीय सुरक्षा सुनिश्चित गर्दछ।
सो टेस्ट ड्राइभ कार्यक्रममा उपस्थित सहभागीहरूले अन द स्पट फाइनान्स र एक्सचेन्ज विशेष सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
सो अवसरलाई नछुटाउन र भविष्यको गतिशीलताको अनुभव लिन सांग्रिला मोटर्सले सबैलाई आग्रह गरेको छ ।
थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी...
चितवन – फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क...
काठमाडौं – सरकारले विद्युतीय गाडीको भन्सार ४० प्रतिशतमा झारेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...