टाटा ईभीसंग प्रतिस्पर्धा गर्न हुन्डाईले तीन नयाँ मोडल ल्याउँदै
हुन्डाईले बहुप्रतिक्षित क्रेटा इलेक्ट्रिकको लन्चसंगै ईभी सेग्मेन्टमा थप...
काठमाडौं–लक्ष्मी ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक कार्यक्रम सुरु गरेको छ । आफ्ना ग्राहकलाई लक्षित गरी यो समूहले दुई दिने ‘लक्सपेरिएन्स’ आयोजना गरेको हो । जहाँ, लक्ष्मी ग्रुप अन्तर्गत बिक्री हुने हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ गाडीलाई एउटै छानामुनी प्रदर्शनी गरिएको छ । ‘जोय, ड्राइभ, फुड’ नाराका साथ आयोजना गरिएको यस कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ ।
यी ब्रान्डहरूले प्रिमियमदेखि व्यावहारिक सम्मका विभिन्न मोडलहरू प्रस्तुत गरेका छन् । जसले सबै वर्गका ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । ‘लक्सपेरिएन्स’ केवल गाडीको प्रदर्शनी मात्र नभएर एक पूर्ण मनोरञ्जनात्मक उत्सवका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

बीएमडब्ल्यू एक्सपिरेन्स ड्राइभ अन्तगर्त बीएमडब्ल्यूका सवारी साधन चलाएर अनुभव लिने अवसर प्राप्त हुनेछ । लाइभ संगीतको आनन्द लिने र विभिन्न रमाइला खेलहरूमा सहभागी हुने मौका मिल्नेछ । कार्यक्रममा सहभागी हुनेहरूका लागि आकर्षक उपहार र पुरस्कारहरूको व्यवस्था गरिएको छ ।
परिवारका लागि निःशुल्क पौडी खेल्ने सुविधा र बच्चाहरूका लागि विशेष किड्स जोनको व्यवस्था गरिएको छ । नेल आर्ट, मेहेन्दी, गाडीको एक्सचेन्ज तथा मूल्याङ्कन, फाइनान्स तथा बिमासम्बन्धी जानकारी र थप रमाइला गतिविधिहरूले अवलोकनकर्तालाई आकर्षित गरेको छ ।
हुन्डाईले बहुप्रतिक्षित क्रेटा इलेक्ट्रिकको लन्चसंगै ईभी सेग्मेन्टमा थप...
हुन्डाई मोटर इन्डियाले हुन्डाई अल्काजारको लन्चिङ समय केही दिनको लागि...
दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले आफ्नो विश्वव्यापी मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...