१० लाख भारुभन्दा कम मूल्यमै आयो हुन्डाई बायोन, एआईदेखि प्यानोरामिक सनरुफसम्मका फिचर
काठमाडौं–हुन्डाई मोटर इन्डियाले नयाँ कम्प्याक्ट एसयूभी बायोन सार्वजनिक...
काठमाण्डौ–केई ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी प्रालिले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘ड्राईभ फर अ कज’ नामक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कम्पनीले दिगोपनलाई समर्थन गर्ने र सामाजिक प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।
शनिबार विहान ८ः३० बजे थापाथलिस्थित हुन्डाई शोरुमबाट -यालीसहित सुरु हुने सो कार्यक्रम धापाखेलमा रहेको सेरेब्रल पाल्सी स्कूलमा आयोजना हुनेछ । जहाँ सहभागीहरूले बालकालिकाहरुसँग अन्तरक्रिया समेत गर्नेछन् ।
सहभागीहरूलाई सेरेब्रल पाल्सी स्कूलका बालबालिकाहरुका लागि स्टेशनरी, खेलौना र अन्य वस्तुहरू दान गर्न प्रोत्साहित गरिने कम्पनीले जनाएको छ ।
सहभागीहरूलाई पुनः प्रयोगजन्य पुस्तकहरू, खेलौनाहरू तथा ह्वीलचेयरहरु ल्याउन प्रोत्साहित गरिने कम्पनीले जनाएको छ । लक्ष्मी ई–मोबिलिटीले विद्यालयलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...