लाकुरी भञ्ज्याङको बाटोमा रे जेडआरले दियो ६१.४२ किमीको माइलेज, यसरी गरियो टेस्ट
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
काठमाडौँ — नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा हुन गइरहेको मोटोजिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ । असार ०९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टु मोटोजिपी’ नामक स्किम अन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरू मध्येबाट लक्की ड्रमार्फत १ जना र बाइक÷स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना भाग्यशाली विजेताहरूको छनोट गरी थाइल्याण्ड लैजान लागिएको हो ।
यस बर्षको मोटोजिपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा भाद्र १४-१७ सम्म हुनेछ र स्किममा सहभागी हुन साउन मसान्तसम्ममा कम्पनीको आधिकारिक शोरूममा आई फारम भरिसक्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।
लक्की ड्रमार्फत् विजेताहरू छनोट गरिने कार्यक्रम भने भाद्रमा राखिएको कम्पनीले उल्लेख गरेको छ ।
रोड टु मोटोजिपी’ यामाहा नेपालले बाइकप्रेमीहरूलाई मोटोजिपी प्रत्यक्ष हेर्दाको दूर्लभ अनुभब प्रदान गर्ने उद्देश्यका साथ मोटोजिपीसँग समन्वय गरी ल्याएइएको स्किम रहेको कम्पनीले जनाएको छ । ती चारजना भाग्यशाली विजेताहरूका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि कम्पनीले नै व्यहोर्ने कम्पनीले उल्लेख गरेको छ ।
असार ९ गते जेनेसिस क्याफेमा कम्पनीले आफ्नो स्पोर्ट बाइक आरवान १५ एमको लञ्चसँगै ‘रोड टु मोटो जिपी’ नाम दिई उक्त स्किम सार्वजनिक गरेको थियो जसअन्तर्गत कम्पनीको आधिकारिक शोरूमा आई फारम भर्नेका लागि सो स्किम लागू गरिने व्यवस्था कम्पनीले गरेको थियो ।
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
काठमाडौँ— यामाहाले केही दिनको अन्तरालमा बाइक र स्कुटर गरी तीन मोडलका...
चर्चित हास्य कलाकार मनोज गजुरेलले यामाहा व्रान्डको रे–जेडआर १२५ एफआई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...