नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक
काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु...
ल्याम्बोर्गिनीले २०२३ मोटर कार विकमा आधिकारिक रूपमा ल्यान्जाडोरको कन्सेप्ट सार्वजनिक गरेको छ । यो कम्पनीको पहिलो इलेक्ट्रिक कार हुनेछ र चौथो सिरिजको प्रोडक्सन ल्याम्बोर्गिनी हुनेछ । ल्यान्जाडोर भन्दा पहिला कम्पनीले रिभोल्टो सार्वजनिक गरेको थियो, जुन एभेन्टाडोरको रिप्लेसमेन्ट हो र भी १२ प्लग इन हाइब्रिडमा उपलब्ध छ ।
ल्याम्बोर्गिनीले हाई परफर्मेन्स इलेक्ट्रिक कार पेश गर्न २ वर्ष लागेको बताएको छ । अल इलेक्ट्रिक कन्सेप्ट २+२ सिट व्यवस्था भएको टुरर एसयूभी हो । विगतमा पनि कम्पनीले ४ ढोका भएको एस्टोक कन्सेप्ट सार्वजनिक गरेको थियो ।
ल्यान्जाडोरको प्रत्येक एक्सलमा परमानेन्ट अल ह्विल ड्राइभ भएको हाई पावर इलेक्ट्रिक मोटर हुनेछ । यसको रियर एक्सलमा ई–टर्क भेक्टरिङ फिचर हुनेछ । यसले १३४० बीएचपीको पावर जेनेरेट गर्नेछ ।
ल्यान्जाडोर ल्याम्बोर्गिनी डाइनामिका भेइकोलो इन्टिग्रेटाको साथमा आउनेछ, जुन ड्राइभिङ डाइनामिक्स कन्ट्रोल सिस्टम हो । यसमा धेरै सेन्सर र एक्चुएटर सिस्टम हुनेछ ।
यसमा एक्टिभ एयरोडायनामिक्स पनि हुनेछ । एयरोडायनामिक्समा एयरोडायनामिका ल्याम्बोर्गिनी एक्टिभा र एयरोडायनामिका ल्याम्बोर्गिनी एटिभा सिस्टम पनि हुनेछ, जसको प्रयोग हुराकेन परफर्मेट र एभेन्टाडोर एसभीजे जस्ता कारमा समावेश छ ।
यसमा सस्टेनेबल रूपमा रंगिएको छाला, १०० प्रतिशत मेरिनो ऊन, रिजेनरेटेड कार्बन, रिसाइकल गरिएको प्लास्टिकबाट बनेको सिंथेटिक फाइबर र प्लास्टिकका लागि ३डी प्रिन्टेड प्रोसेस समावेश गर्नेछ ।
काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु...
काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...