ल्यान्डक्रुजर गाडी पाउने लोभमा झुक्किदै नेपाली, लबिम मलको नक्कली फेसबुक पेजमा यस्तो आतंक

काठमाडौँ – ललितपुरको लबिम मलको नाममा खोलिएको नक्कली फेसबुक एकाउन्टबाट एउटा पोस्ट गर्दै ल्यान्डक्रुजर गाडी पाइने लोभ देखाएर सर्वसाधारणलाई ठग्ने प्रयास गरेको पाइएको छ । क्रिसमसको अवसर पारेर फेसबुकमा नक्कली सूचना फैलाउँदै सर्वसाधारणलाई यसरी ठग्ने प्रयास भइरहेको पाइएको हो । ल्यान्डक्रुजर गाडी उपहार पाइने लोभ देखाएर स्क्यामरले फेसबुकमा ‘फिसिङ’ र ‘मालवेयर’ युक्त लिङ्क फैलाइरहेका छन् ।

उपहारको लोभमा परेर लाखौँ नेपाली प्रयोगकर्ताले उक्त नक्कली पोस्टमा कमेन्ट र शेयर गरेका छन् । विशेषगरी फेसबुकको ‘हाइलाइट्स’ मेन्सन फिचरको दुरुपयोग गरिएका कारण यो भ्रमपूर्ण पोस्ट छोटो समयमै व्यापक रूपमा फैलिएको पाइएको हो ।

लबिम मलको नाममा खोलिएको नक्कली पेजबाट एउटा पोस्ट गर्दै सहभागी हुनेलाई महँगो ल्यान्डक्रुजर गाडी दिने दाबी गरिएको थियो । लबिम मल प्रशासनले क्रिसमस लक्षित यस्तो कुनै पनि उपहार योजना सार्वजनिक नगरेको स्पष्ट पारेको छ ।

यसप्रकारका भ्रमपूर्ण सामग्रीबाट सर्वसाधारणलाई पेजहरुमा लाइक, कमेन्ट आदि गर्न अनुरोध गर्ने र झुक्याउने गरेको पाइन्छ । साइबर सुरक्षा विश्लेषकले यस्ता शंकास्पद लिङ्कमा क्लिक नगर्न चेतावनी दिएका छन् । यस्ता लिङ्कबाट झुक्किएर कुनै फाइल डाउनलोड हुन पुगेमा प्रयोगकर्ताको मोबाइल वा कम्प्युटरमा मालवेयर छिर्न सक्ने र त्यसले बैंक खाता, पासवर्ड लगायतका व्यक्तिगत र संवेदनशील विवरणहरू चोरी गर्ने उच्च जोखिम रहन्छ ।

सम्बन्धित समाचारहरू

टोयोटाको सबैभन्दा सस्तो एसयूभी राइज, कस्तो रहला नेपाली बजारमा कारोबार

टोयोटाको सबैभन्दा सस्तो एसयूभी राइज, कस्तो रहला नेपाली बजारमा कारोबार

टोयोटा गाडीको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले...

भारतमा थप ३ नयाँ प्लान्ट निर्माण गर्दै टोयोटा

भारतमा थप ३ नयाँ प्लान्ट निर्माण गर्दै टोयोटा

जापानी अटोमोबाइल कम्पनी टोयोटा मोटरले भारतमा आफ्नो उत्पादन क्षमता...

सोसल मिडियामा चर्चित छ टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

सोसल मिडियामा चर्चित छ टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

जापानमा हाल चलिरहेको टोक्यो ओलम्पिक २०२१ को अफिसियल स्पोन्सर टोयोटा रहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...