केटीएम ट्र्याक टेस्ट एक्सपेरियन्स इभेन्ट आयोजना हुने, रजिष्ट्रेसन आह्वान

काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आगामी सेप्टेम्बर २७ र २८ अर्थात आगामी शुक्रबार र शनिबार केटीएम ट्र्याक टेस्ट एक्सपेरियन्स इभेन्ट आयोजना गर्ने भएको छ । भक्तपुरको एड्भान्स्ड राइडिङ एकेडेमीमा आयोजना हुने सो इभेन्टमा केटीएमका विभिन्न मोडल रेन्जका बाइक टेस्ट राइड गर्नुका साथै रोमाञ्चक ‘हट ल्याप च्यालेन्ज’ मा भाग लिन पाइने छ ।

पहिलो दिन शुक्रबार विशेष प्रकारले डिजाइन गरिएको ट्र्याकमा केटीएम २०० ड्युक, २५० ड्युक, २०० आरसी र ३९० ड्युक टेस्ट राइड गर्ने मौका मिल्ने छ । सो अवसरमा विशेषज्ञ राइडरहरुद्वारा ट्रेनिङ सेसन सञ्चालन गरिने छ र उनीहरुले आफ्ना अनुभव सेयर गर्नुका साथै राइडिङ सम्बन्धी महत्वपूर्ण टिप्स र गाइडेन्स उपलब्ध गराउने छन् ।

दोस्रो दिन शनिबार हट ल्याप च्यालेञ्ज आयोजना गरिने छ । सो च्यालेन्जमा सहभागीहरुले ६ ल्याप रेस पुरा गर्नेछन् । प्रो रेसर, एमेच्योर र विमेन गरी तीन क्याटागोरीमा सो च्यालेन्ज आयोजना हुनेछ । सबै क्याटागोरीमा सबैभन्दा कम समयमा ल्याप पुरा गर्ने राइडरलाई विजेता घोषित गरिने छ ।

केटीएमका पछिल्लो समयमा नेपाल भित्रिएका विभिन्न मोडलका बाइकलाई सुरक्षित र नियन्त्रित वातावरणमा टेस्ट राइड गरी अनुभव लिन चाहने राइडरहरुले यसबाट फाइदा लिन सक्ने छन् । विशेषज्ञहरुबाट रेसिङ सम्बन्धी विभिन्न जानकारी लिन र हट ल्याप च्यालेञ्जमा सहभागी भई आकर्षक पुरस्कार जित्ने समेत सकिने छ ।

केटीएम नेपालको वेबसाइटमार्फत वा ०१–४५१५४६२ मा सम्पर्क गरेर सो इभेन्टमा सहभागी हुन सकिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

केटीएम ३९० एडभेन्चर एक्स क्रुज कन्ट्रोलसहित नयाँ भेरिएन्ट लन्च, अब लामो यात्रामा झनै रमाइलो

केटीएम ३९० एडभेन्चर एक्स क्रुज कन्ट्रोलसहित नयाँ भेरिएन्ट लन्च, अब लामो यात्रामा झनै रमाइलो

भारतमा केटीएमले आफ्नो लोकप्रिय एडभेन्चर बाइक केटीएम ३९० एडभेन्चर एक्सको...

नाइमा मोबिलिटी एक्सपोमा केटीएमका ६ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्सपोमा केटीएमका ६ नयाँ मोडल सार्वजनिक

काठमाडौं – केटीएम नेपालले ६ वटा नयाँ मोडल सार्वजनिक गरेको छ। हिजो देखि...

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

काठमाडौं – नेपाली बजारमा कायो ब्रान्डको डर्ट बाइक टी२ भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...