ईसीयू सफ्टवेयर अपडेट गर्न केटीएमले फिर्ता बोलायो ३९० ड्युक, एडभेन्चर र इन्ड्युराे बाइक

इन्जिन स्टलको समस्यालाई लिएर केटीएमले भारत सहित विश्वव्यापी रूपमा ३९० ड्युक, ३९० एडभेन्चर र ३९० इन्ड्युराे मोडल फिर्ता बोलाउने निर्णय गरेको छ ।

२०२४ देखि २०२६ मोडलका ३९० ड्युक बाइक र २०२५ देखि २०२६ मोडलका ३९० इन्ड्युराे आर, एसएमसी आर एडभेन्चर आर र इन्ड्युराे एक्स बाइकहरू कम आरपिएममा रोकिने समस्या देखिएपछि यसको उचित समाधानका लागि फिर्ता लिन लागिएको हो । यद्यपि, केटीएमले यो फिर्ता बोलाइबाट प्रभावित युनिटको सही संख्या भने सेयर गरेको छैन ।

यो समस्या समाधान केटीएमले गर्नेछ, जसले कम गतिमा वा गति घट्ने क्रममा रोकिने जोखिम कम गर्नेछ । साथै, उक्त समस्याको उचित समाधान पश्चात लो–इन्ड टर्कको कारणले गर्दा सवारी क्षमतामा पार्ने प्रभावलाई समेत सुधार गर्नेछ ।

प्रभावित मोटरसाइकलका मालिकहरूलाई फिर्ता बोलाउने बारेमा सूचित गरिने केटीएमले जनाएको छ । ग्राहकहरूले आफ्नो नजिकको अधिकृत केटीएम डिलरलाई सम्पर्क गरेर अपोइन्टमेन्ट तालिका बनाउन र ईसीयू सफ्टवेयर निःशुल्क अद्यावधिक गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

केटीएम ४५० -यालीको विशेष संस्करण सार्बजनिक, विश्वभर १०० युनिटमात्र उपलब्ध हुने

केटीएम ४५० -यालीको विशेष संस्करण सार्बजनिक, विश्वभर १०० युनिटमात्र उपलब्ध हुने

केटीएमले ४५० -याली रेप्लिका सार्वजनिक गरेको छ । विश्वभर जम्मा १००...

केटीएम अरेन्ज ब्लड राइड २०२५ सम्पन्न : १५० राइडर पुगे एउटै ऐतिहासिक गन्तव्यमा

केटीएम अरेन्ज ब्लड राइड २०२५ सम्पन्न : १५० राइडर पुगे एउटै ऐतिहासिक गन्तव्यमा

काठमाडौं – १५० जोशिला राइडर सहितको केटीएम अरेन्ज ब्लड राइड समापन भएको छ ।...

केटीएम ३९० ड्युकको नयाँ संस्करण सार्वजनिक

केटीएम ३९० ड्युकको नयाँ संस्करण सार्वजनिक

केटीएमले ३९० ड्युकको २०२६ संस्करणको ग्लोवल डेब्यु गरेको छ । केटीएमको उक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...