क्रुज कन्ट्रोल फिचरसहित आयो केटीएम ३९० ड्युक
केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च गरेको छ । २ लाख ९५ भारु निर्धारण...
केटीएमले नयाँ स्पोर्ट मोटरसाइकल आरसी ४५० लन्च गर्ने तयारी गरेको छ । उक्त तयारी चल्दै गर्दा हालै यसको तस्बिर लिक भएको छ । चिनियाँ मिडियाका अनुसार लिक भएको तस्बिर नै केटीएम आरसीको प्रोडक्सन भर्सन हो ।
चीनको प्रख्यात टु–ह्विलर उत्पादक सीफमोटोसँग सहकार्य गरी उत्पादन गर्न लागिएको आरसी ४५० मा सीएफमोटो ४५० एसआर–एसको प्लेटफर्म सेयर गर्न लगिएको छ । जसअनुसार, सो नयाँ मोटरसाइकलमा पनि एसआर ४५० मा जस्तै ट्रेलिस फ्रेम सस्पेन्सन जडान हुनेछ । साथै, यस मोटरसाइकलको अगाडि अपसाइड–डाउन फोर्क तथा पछाडि सिंगल–साइडेड स्विंगआर्म र मोनो–शक जडान गरिनेछ ।
४४९ सीसी क्षमताको समानन्तर ट्विन इन्जिन जडान हुने यस मोटरसाइकलले ५५ बीएचपी पावर दिने बताइएको छ । जुन सीएफमोटो ४५० एसआर–एसको तुलनामा केही बढी हो । साथै यसको तौल समेत सीएफमोटो ४५० एसआर–एसको तुलनामा २ किलोग्राम कम हुने जनाइएको छ । बाइकको टप स्पिड १९५ किलोमिटर प्रति घण्टा दाबी गरिएको छ ।
आरसी ५० मा केटीएमको सिग्नेचर हेडल्याम्पका साथ उहि परिचित डिजाइन हुनेछ । जसको दुबै छेउमा विंगलेट, रियर–सेट फुटरेस्ट सहित क्लिप–अन ह्यान्डलबार टु पीस सिट र ५ स्पोक अलोय ह्विल उपलब्ध हुनेछ ।
केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च गरेको छ । २ लाख ९५ भारु निर्धारण...
केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...
केटीएमले नयाँ ७५० रेन्जमा मोटरसाइकल ल्याउने घोषणा गरेको छ । कम्पनीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...