परिक्षणका क्रममा देखियो केटीएम आरसी १६०, यामाहा आर१५ संग प्रतिस्पर्धा गर्ने

केटीएमले आफ्नो नयाँ मोटरसाइकल आरसी १६० लाई अहिले विभिन्न चरणमा परिक्षण गरिरहेको छ । यामाहा आर१५ लाई चुनौती दिनेगरी आउन लागेको यस मोटरसाइकल केटीएमको सबैभन्दा सानो इन्जिनयुक्त मोडल हुनेछ । जुन, पूर्ण रूपमा फेयर्ड लुक्सको हुनेछ ।

केटीएमको परिचित डिजाइनमा तयार हुने यस मोटरसाइकलमा विशिष्ट केटीएम शैलीको हेडल्याम्प, टु पीस स्टेप्ड सिट र साँघुरो टेल सेक्सनको साथ शार्प देखिने फेयरिङ रहेको छ ।

क्लिप अन ह्यान्डल बार र रियरसेट फुट पेगले बाइकको लुक्सलाई थप स्पोर्टी बनाएको छ । परीक्षण बाइकमा ब्ल्याक एलोई ह्विल र डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोललाई देखाइएको छ ।

१६४ सिसी क्षमताको लिक्वड कुल्ड, सिंगल सिलिन्डर इन्जिन जडान हुने आरसी १६० को अधिकतम पावर १९ बीएचपी र टर्क १५.५ एनएम रहनेछ । बाइकमा ६–स्पीड गियरबक्स उपलब्ध हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...