परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो इलेक्ट्रिक स्कुटर पहिले विश्व बजारमा ल्याइने र त्यसपछि भारतलगायत नेपाली बजारमा पनि भित्रिने अनुमान गर्न सकिन्छ ।

केटीएमको सो इलेक्ट्रिक स्कुटर लामो समय देखि परीक्षण भैरहेको थियो । रिपोर्टका अनुसार केटीएमले अर्को वर्षसम्म आफ्नो इलेक्ट्रिक स्कुटर लन्च गर्ने अनुमान गरिएको छ । केटीएम इलेक्ट्रिक स्कुटरले टीभीएस, सिम्पल इनर्जी, एथर, बजाज, ओकिनावा, एम्पियर, ओला र ओकाया जस्ता प्रिमियम इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

केटीएम इलेक्ट्रिक स्कुटर यसको स्टाइलिस केटीएम इमोसन कन्सेप्टसँग मिल्दोजुल्दो छ । यसमा भर्टिकल स्ट्याक्ड ड्युअल प्रोजेक्टर हेडल्याम्प सेटअप देख्न सकिन्छ । यसमा एलईडी इन्डिकेटर र विन्डस्क्रिन पनि छ ।

रिपोर्टका अनुसार स्कुटरको पछाडि मोनोशकको साथ साइडमा स्लिक बडी प्यानल, आल्मुनियम स्विङआर्म, ब्याम्ब्रो ब्रेक क्यालिपर, अलोय ह्विल र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर देख्न सकिन्छ ।

केटीएमको नयाँ इलेक्ट्रिक स्कुटरमा फ्लोर माउन्टेड ब्याट्री प्याक हुनेछ । रिपोर्टका अनुसार केटीएम इलेक्ट्रिक स्कुटरका २ भेरिएन्ट हुने सम्भावना छ । यसको ४ किलोवाट मोटरको विकल्पले ४५ किमी प्रतिघन्टा र ८ किलोवाट मोटरको विकल्पले १०० किमी प्रतिघन्टा गति दिने अनुमान छ ।

सम्बन्धित समाचारहरू

३०० किलोमिटर रेन्ज, टिएफटी डिस्प्ले र क्रुज कन्ट्रोल समेत भएको इलेक्ट्रिक स्कुटर लन्च

३०० किलोमिटर रेन्ज, टिएफटी डिस्प्ले र क्रुज कन्ट्रोल समेत भएको इलेक्ट्रिक स्कुटर लन्च

चाइनिज इभी मेकर हर्विनले एसके३ इलेक्ट्रिक स्कटरको २०२२ मोडल लन्च गरेको छ ।...

तीन दिने ‘विद्युतीय सवारी चार्जिङ स्टेशन’ सञ्चालन सम्बन्धी तालिम सम्पन्न

तीन दिने ‘विद्युतीय सवारी चार्जिङ स्टेशन’ सञ्चालन सम्बन्धी तालिम सम्पन्न

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रद्वारा आयोजित विद्युतीय...

बीवाईडीले सार्वजनिक ग-यो ९,२०० गाडी बोक्न सक्ने संसारकै ठुलो कार क्यारियर बीवाईडी शेन्झेन

बीवाईडीले सार्वजनिक ग-यो ९,२०० गाडी बोक्न सक्ने संसारकै ठुलो कार क्यारियर बीवाईडी शेन्झेन

चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले संसारकै सबैभन्दा ठुलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...