सेरेसको २१ देशको ‘युरोपेली ग्रान्ड टुर’ सम्पन्न, नेपाल अर्को स्टप
सेरेसले भर्खरै युरोपमा आफ्नो पहिलो ठूलो यात्रा पूरा गरेको छ। सेरेसले २३...
केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो इलेक्ट्रिक स्कुटर पहिले विश्व बजारमा ल्याइने र त्यसपछि भारतलगायत नेपाली बजारमा पनि भित्रिने अनुमान गर्न सकिन्छ ।
केटीएमको सो इलेक्ट्रिक स्कुटर लामो समय देखि परीक्षण भैरहेको थियो । रिपोर्टका अनुसार केटीएमले अर्को वर्षसम्म आफ्नो इलेक्ट्रिक स्कुटर लन्च गर्ने अनुमान गरिएको छ । केटीएम इलेक्ट्रिक स्कुटरले टीभीएस, सिम्पल इनर्जी, एथर, बजाज, ओकिनावा, एम्पियर, ओला र ओकाया जस्ता प्रिमियम इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।
केटीएम इलेक्ट्रिक स्कुटर यसको स्टाइलिस केटीएम इमोसन कन्सेप्टसँग मिल्दोजुल्दो छ । यसमा भर्टिकल स्ट्याक्ड ड्युअल प्रोजेक्टर हेडल्याम्प सेटअप देख्न सकिन्छ । यसमा एलईडी इन्डिकेटर र विन्डस्क्रिन पनि छ ।
रिपोर्टका अनुसार स्कुटरको पछाडि मोनोशकको साथ साइडमा स्लिक बडी प्यानल, आल्मुनियम स्विङआर्म, ब्याम्ब्रो ब्रेक क्यालिपर, अलोय ह्विल र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर देख्न सकिन्छ ।
केटीएमको नयाँ इलेक्ट्रिक स्कुटरमा फ्लोर माउन्टेड ब्याट्री प्याक हुनेछ । रिपोर्टका अनुसार केटीएम इलेक्ट्रिक स्कुटरका २ भेरिएन्ट हुने सम्भावना छ । यसको ४ किलोवाट मोटरको विकल्पले ४५ किमी प्रतिघन्टा र ८ किलोवाट मोटरको विकल्पले १०० किमी प्रतिघन्टा गति दिने अनुमान छ ।
सेरेसले भर्खरै युरोपमा आफ्नो पहिलो ठूलो यात्रा पूरा गरेको छ। सेरेसले २३...
ऊफ !! अब १७ प्रतिशतमात्र ब्याट्रीको चार्ज बाँकी छ, काठमाडौसम्म पुग्न ३४ किमी...
जापान – जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...