क्रुज कन्ट्रोल फिचरसहित आयो केटीएम ३९० ड्युक
केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च गरेको छ । २ लाख ९५ भारु निर्धारण...
काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका प्रतिष्ठित दुई मोडल ड्युक २०० र ड्युक २५० को मूल्य वृद्धि भएको छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यी दुई बाइकको मूल्य वृद्धि गरेको हो ।
ड्युक २०० को मूल्य पहिले ५ लाख ४४ हजार ९ सय भएकोमा अब ५ लाख ६४ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी ड्युक २५० को मूल्य पहिले ७ लाख ४ हजार ९ सय भएकोमा अब ७ लाख ८४ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटमा २०० सीसी भन्दा माथिका मोटरसाइकलको भन्सार र अन्तःशुल्क वृद्धिको असर यी मोटरसाइकलमा देखिएको हो । यो सेग्मेन्टमा २०० देखि २५० सीसी सम्म २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि गरिएको छ भने २५१ देखि ५०० सीसी सम्म भन्सार ४० प्रतिशत र अन्तःशुल्क १० प्रतिशतले वृद्धि भएको छ ।
२०१ देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि भए पश्चात अब यी मोटरसाइकलमा अन्तःशुल्क ८० प्रतिशत र भन्सार ४० प्रतिशत लाग्ने भएको छ ।
त्यसैगरी २५१ देखि ५०० सीसीको हकमा भन्सार ३० प्रतिशतबाट बढाएर ७० प्रतिशत र अन्तः शुल्क ८० बाट बढाएर ९० प्रतिशत बनाइएको छ।
नेपाली बजारमा केटीएमका अन्य मोडल समेत उपलब्ध रहेको र आगामी दिनमा अन्य मोडलको समेत मूल्य वृद्धि हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।
केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च गरेको छ । २ लाख ९५ भारु निर्धारण...
केटीएमले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारीमा रहेको छ।...
काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल मध्ये...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...