ड्युक २०० मा २० हजार र ड्युक २५० मा ८० हजार बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका प्रतिष्ठित दुई मोडल ड्युक २०० र ड्युक २५० को मूल्य वृद्धि भएको छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यी दुई बाइकको मूल्य वृद्धि गरेको हो ।

ड्युक २०० को मूल्य पहिले ५ लाख ४४ हजार ९ सय भएकोमा अब ५ लाख ६४ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी ड्युक २५० को मूल्य पहिले ७ लाख ४ हजार ९ सय भएकोमा अब ७ लाख ८४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटमा २०० सीसी भन्दा माथिका मोटरसाइकलको भन्सार र अन्तःशुल्क वृद्धिको असर यी मोटरसाइकलमा देखिएको हो । यो सेग्मेन्टमा २०० देखि २५० सीसी सम्म २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि गरिएको छ भने २५१ देखि ५०० सीसी सम्म भन्सार ४० प्रतिशत र अन्तःशुल्क १० प्रतिशतले वृद्धि भएको छ ।

२०१ देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि भए पश्चात अब यी मोटरसाइकलमा अन्तःशुल्क ८० प्रतिशत र भन्सार ४० प्रतिशत लाग्ने भएको छ ।

त्यसैगरी २५१ देखि ५०० सीसीको हकमा भन्सार ३० प्रतिशतबाट बढाएर ७० प्रतिशत र अन्तः शुल्क ८० बाट बढाएर ९० प्रतिशत बनाइएको छ।

नेपाली बजारमा केटीएमका अन्य मोडल समेत उपलब्ध रहेको र आगामी दिनमा अन्य मोडलको समेत मूल्य वृद्धि हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

सिएफ मोटोको १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल, यस्तो छ मूल्य र पावर

सिएफ मोटोको १२५ देखी ६५० सिसी सम्मका मोटरसाइकल, यस्तो छ मूल्य र पावर

चीनीयाँ ब्रान्ड सिएफमोटो एड्भेन्चर, सुपर स्पोर्टस्, टुरर र स्पोर्टस...

हस्कभर्ना भिटपिलेन ७०१ स्पेसल एडिसन सार्वजनिक

हस्कभर्ना भिटपिलेन ७०१ स्पेसल एडिसन सार्वजनिक

स्वीडेनको टु ह्वील निर्माता कम्पनी हस्कभर्ना मोटरसाइकलले इटालीको चर्चित...

कावासाकीको पहिलो इलेक्ट्रिक बाइकको टिजर सार्वजनिक, जुन ७ मा सार्वजनिक गरिने

कावासाकीको पहिलो इलेक्ट्रिक बाइकको टिजर सार्वजनिक, जुन ७ मा सार्वजनिक गरिने

कावासाकी युएसले हालै ट्विटरमार्फत आफ्नो पहिलो इलेक्ट्रिक बाइकको टिजर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...