धमाधम बाइक डेलिभरी गर्दै केटीएम, नयाँ मोडल समेत उपलब्ध

ओमोडा एन्ड जेको लगायतका विभिन्न ईभी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्समा सिनियर म्यानेजरको रुपमा कार्यरत निलन बज्राचार्यले हालै केटीएम २५० एड्भेन्चर बाइक किने । नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले एक कार्यक्रमका बिच उनलाई सो बाइक हस्तान्तरण ग-यो ।

बज्राचार्य एक प्रतिनिधि पात्र मात्र हुन् । केटीएमका विभिन्न मोडलका बाइक हाल धमाधम डेलिभरी भइरहेका छन् । बिचमा केही समय रोकिएको डेलिभरी हाल फेरि सुचारु भएको हो । सो डेलिभरीको क्रममा एड्भेन्चर र स्पोर्ट्समा रुचि राख्ने युवा, प्रौढ र विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरुले धमाधम बाइक लिइरहेका छन् ।

नेपालमा खासगरी निश्चित ब्रान्ड र मोडलका बाइक चाहने युवा राइडरहरु अहिले पनि धेरै छन् । यो समयमा पनि कम्पनीहरुले ग्राहकले खोजे जति नै संख्यामा बाइक उपलब्ध गराउन भने सकेका छैनन् ।

केटीएमका बाइक पनि त्यसैका उदाहरण हुन् । हाल केटीएमले विभिन्न मोडलका बाइकहरु धमाधम डेलिभरी गरिरहेको छ । यसै सन्दर्भमा पछिल्लो समयमा भएका डेलिभरीका यी केही उदाहरण हुन् ।

केटीएमले हालै नेपाली बजारमा नयाँ बाइक केटीएम ३९० इन्ड्युरो आर समेत भित्र्याएको छ । राजधानीको नक्सालस्थित बाइकर्स क्याफेमा यसको टेस्ट राइड समेत गर्न सकिने सुविधा उपलब्ध थियो । यसको औपचारिक बिक्री–वितरण समेत प्रारम्भ भएको बताइएको छ ।

नेपाली बजारमा केटीएमका नेकेड, सुपर स्पोर्ट, एड्भेन्चर र ड्युअल स्पोर्ट गरी चार मोडलका बाइक उपलब्ध छन् । नेकेड अन्तर्गत केटीएम २०० ड्युक, २५० ड्युक र ३९० ड्युक छन् ।

त्यसैगरी सुपरस्पोर्ट अन्तर्गत केटीएम आरसी २०० र आरसी ३९० छन् भने एड्भेन्चर अन्तर्गत केटीएम २५० एड्भेन्चर र ३९० एड्भेन्चर छन् । केटीएम ३९० इन्ड्युरो आर चाहिं ड्युअल स्पोर्ट अन्तर्गतको मोटरसाइकल हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...