केटीएम २५० एड्भेन्चर : आरमदायी यात्रा र रोमाञ्चक यात्राको अनुभुती

नेपाली युवा राइडरको रोजाइमा पर्न सफल केटीएम एक प्रिमियम टु ह्विलर ब्रान्ड हो । यसको स्पोर्ट्स र एड्भेन्चर दुवै सेग्मेन्टका मोटरसाइकल नेपाली बजारमा लोकप्रिय बनिरहेका छन् । त्यसो त यूवा राइडरलाई लक्षित गरी ल्याइने कारण प्राय केटीएमका सवैजसो मोडल बजारमा चर्चित मानिन्छन् । यो ब्रान्डसंग अहिले सानो सीसीमा २५० एड्भेन्चर रहेको छ ।

नेपाली बाटो र भुगोल सुहाउँदो बिशेषताका कारण राइडरको मन जित्न सफल २५० एड्भेन्चर शक्तिशाली इन्जिन र उच्चतम पर्फमेन्सका कारण राइडरको रोजाइमा पर्न सफल भएको हो । यो मोटरसाइकलमा वीएस६ मापदण्डको २४८.८ सिसी क्षमताको सिंगल सिलिन्डर जडान गरिएको छ । सो इन्जिनमा फोर भल्भ, लिक्वड कुल्ड, डीओएचसी र एफआई जस्ता विशेषता रहेका छन् । २५० सिसीको मध्यम इन्जिन जडान गरिएपनि यसले दिने पावर र टर्क भने उच्च रहेको छ । यसले ३० पीएस पावर र २५ एनएम टर्क जेनेरट गर्ने सामाथ्र्य राख्छ ।

२५० एड्भेन्चरको सवैभन्दा महत्वपूर्ण विशेषता भनेको यसले दिने उच्चतम पर्फमैन्स नै हो । ६ स्पिड गियरवक्स जडान गरिएको यो बाइकलाई १४८ किलोमिटर हाराहारीको टप स्पिडमा हुँइक्याउन सकिन्छ । यपसमा दिइएको १४.५ लिटर फ्युल ट्यांकमा पेट्रोल भर्दा ५०० किलोमिटर यात्रा गर्न सकिन्छ । जुन प्रतिलिटर माइलेज ३५ किलोमिटर हाराहारी हो । साथै २०० एमएम ग्राउन्ड क्लिरियन्स भएका कारण यो नेपालको जुनसुकै भोगल र जस्तोसुकै अफरोडका लागी समेत उपयुक्त छ ।

एड्भेन्च सेग्मेन्टको भएपनि हाइवेमा गुडाउँदा समेत यसले दिने असली पर्फमेन्स मज्जाले अनुभव गर्न सकिन्छ । हामीले यो वाइकलाई पृथ्बी राजमार्गको थानकोट–मलेखु सडक खण्डमा चलाउँदै धादिङवेशी सम्मको यात्रा तय गरेका थियौ । यसरी यात्रा गर्दा यसमा रोमाञ्चक यात्राको अनुभव भएको थियो । १७७ किलोग्राम तौल भएको २५० एड्भेन्चरमा वस्नुअघि केही हेभी भएको अनुभव हुन्छ । तर जव इन्जिन स्टार्ट गररे अघि वढ्न थालिन्छ त्यसपछि यसलाई ह्यान्डल गर्न कुनै कठिन हुँदैन । आरामदायी तवरबाट तयार पारिएको सिट पोजिसन, अगाडी अप–साइड डाउन गर्न मिल्ने फोक्र्स र पछाडी एड्जस्टेवल मोनो शक सस्पेन्सन र राइड वाई वायर तथा स्लिपर क्लचका कारण राइडमा थकानको महशुस गर्नु परेको थिएन ।

दुवै चक्कामा डिस्क व्रेक र अफरोड एविएस जडान गरिएका कारण वाइकको ब्रेकिङ एकदमै प्रभावकारी रहेको छ । यी विशेषताका कारण उच्चतम सुरक्षाको अनुभुती गर्दै वलियो आत्मविश्वसका साथ वाइक हाँक्न सकिन्छ । १०० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्दा समेत वाइक हल्लिएको अनुभव भएन । जति स्पिड बढायो त्यत्ति नै वढि स्थिर र स्मुथ राइडको मज्जा लिन सकिन्छ । उच्चतम पावर र पर्फमेन्स एवं आरामदायी विशेषताका कारण मोटरसाइकलमा लामो यात्रा गर्न चाहने राइडरका लागी यो बाइक एकदमै उपयुक्त साधन वन्ने देखिएको छ । अझै भन्नुपर्दा अफरोडमा समेत आरामदायी यात्राका लागी यो एक उपयुक्त साधन हो ।

यो बाइक पावर, पर्फमेन्स र फिचरमा जति अव्वल छ, त्यत्तिकै यसको लुक्स एवं डिजाइन समेत आकर्षक र स्पोर्टी रहेको छ । डाकर ¥याली डिजाइनबाट प्रेरित यसको हेडलाइटमा भने पुरानै प्रविधीको हेलोजन बल्ब दिइएको छ । यसमा दिइएको सार्पर ट्यांक, दुई भागमा छुट्टिएको सीट, एलसिडी टीएफटी डिस्प्ले, ह्यान्ड गार्ड, वाइन्डसिल्ड र प्रिसिसन क्राफ्टेड एक्जस्ट सिस्टम र डुअल प्रपोज एमआरएफ टायर जस्ता फिचरले लुक्स तथा डिजाइनमा निखार दिनुको साथै सुरक्षित र मोर्डन मेसिनका रुपमा स्थापित गराएको छ ।

केटीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यसको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

सम्बन्धित समाचारहरू

केटीएम बाइकको मूल्यमा भारी वृद्धि, एउटै बाइकमा ९५ हजार सम्म मूल्य वृद्धि

केटीएम बाइकको मूल्यमा भारी वृद्धि, एउटै बाइकमा ९५ हजार सम्म मूल्य वृद्धि

काठमाडौं – नेपाली बजारमा केटीएम बाइकको मूल्य भारी रुपमा वृद्धि भएको छ ।...

क्रसफायरको अफर एक साता थप : बैशाख १६ सम्म मोटरसाइकल किन्दा यस्तो फाइदा

क्रसफायरको अफर एक साता थप : बैशाख १६ सम्म मोटरसाइकल किन्दा यस्तो फाइदा

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक...

१ लाख मूल्य घटेर आउँदै केटीएम ३९० ड्युक, खुल्यो बुकिङ

१ लाख मूल्य घटेर आउँदै केटीएम ३९० ड्युक, खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...