एक रोमाञ्चक र सफल अनुभवका साथ सम्पन्न भयो ‘केटीएम एड्भेन्चर डे विथ २५० एड्भेन्चर’
काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...
नेपाली युवा राइडरको रोजाइमा पर्न सफल केटीएम एक प्रिमियम टु ह्विलर ब्रान्ड हो । यसको स्पोर्ट्स र एड्भेन्चर दुवै सेग्मेन्टका मोटरसाइकल नेपाली बजारमा लोकप्रिय बनिरहेका छन् । त्यसो त यूवा राइडरलाई लक्षित गरी ल्याइने कारण प्राय केटीएमका सवैजसो मोडल बजारमा चर्चित मानिन्छन् । यो ब्रान्डसंग अहिले सानो सीसीमा २५० एड्भेन्चर रहेको छ ।
नेपाली बाटो र भुगोल सुहाउँदो बिशेषताका कारण राइडरको मन जित्न सफल २५० एड्भेन्चर शक्तिशाली इन्जिन र उच्चतम पर्फमेन्सका कारण राइडरको रोजाइमा पर्न सफल भएको हो । यो मोटरसाइकलमा वीएस६ मापदण्डको २४८.८ सिसी क्षमताको सिंगल सिलिन्डर जडान गरिएको छ । सो इन्जिनमा फोर भल्भ, लिक्वड कुल्ड, डीओएचसी र एफआई जस्ता विशेषता रहेका छन् । २५० सिसीको मध्यम इन्जिन जडान गरिएपनि यसले दिने पावर र टर्क भने उच्च रहेको छ । यसले ३० पीएस पावर र २५ एनएम टर्क जेनेरट गर्ने सामाथ्र्य राख्छ ।
२५० एड्भेन्चरको सवैभन्दा महत्वपूर्ण विशेषता भनेको यसले दिने उच्चतम पर्फमैन्स नै हो । ६ स्पिड गियरवक्स जडान गरिएको यो बाइकलाई १४८ किलोमिटर हाराहारीको टप स्पिडमा हुँइक्याउन सकिन्छ । यपसमा दिइएको १४.५ लिटर फ्युल ट्यांकमा पेट्रोल भर्दा ५०० किलोमिटर यात्रा गर्न सकिन्छ । जुन प्रतिलिटर माइलेज ३५ किलोमिटर हाराहारी हो । साथै २०० एमएम ग्राउन्ड क्लिरियन्स भएका कारण यो नेपालको जुनसुकै भोगल र जस्तोसुकै अफरोडका लागी समेत उपयुक्त छ ।

एड्भेन्च सेग्मेन्टको भएपनि हाइवेमा गुडाउँदा समेत यसले दिने असली पर्फमेन्स मज्जाले अनुभव गर्न सकिन्छ । हामीले यो वाइकलाई पृथ्बी राजमार्गको थानकोट–मलेखु सडक खण्डमा चलाउँदै धादिङवेशी सम्मको यात्रा तय गरेका थियौ । यसरी यात्रा गर्दा यसमा रोमाञ्चक यात्राको अनुभव भएको थियो । १७७ किलोग्राम तौल भएको २५० एड्भेन्चरमा वस्नुअघि केही हेभी भएको अनुभव हुन्छ । तर जव इन्जिन स्टार्ट गररे अघि वढ्न थालिन्छ त्यसपछि यसलाई ह्यान्डल गर्न कुनै कठिन हुँदैन । आरामदायी तवरबाट तयार पारिएको सिट पोजिसन, अगाडी अप–साइड डाउन गर्न मिल्ने फोक्र्स र पछाडी एड्जस्टेवल मोनो शक सस्पेन्सन र राइड वाई वायर तथा स्लिपर क्लचका कारण राइडमा थकानको महशुस गर्नु परेको थिएन ।
दुवै चक्कामा डिस्क व्रेक र अफरोड एविएस जडान गरिएका कारण वाइकको ब्रेकिङ एकदमै प्रभावकारी रहेको छ । यी विशेषताका कारण उच्चतम सुरक्षाको अनुभुती गर्दै वलियो आत्मविश्वसका साथ वाइक हाँक्न सकिन्छ । १०० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्दा समेत वाइक हल्लिएको अनुभव भएन । जति स्पिड बढायो त्यत्ति नै वढि स्थिर र स्मुथ राइडको मज्जा लिन सकिन्छ । उच्चतम पावर र पर्फमेन्स एवं आरामदायी विशेषताका कारण मोटरसाइकलमा लामो यात्रा गर्न चाहने राइडरका लागी यो बाइक एकदमै उपयुक्त साधन वन्ने देखिएको छ । अझै भन्नुपर्दा अफरोडमा समेत आरामदायी यात्राका लागी यो एक उपयुक्त साधन हो ।
यो बाइक पावर, पर्फमेन्स र फिचरमा जति अव्वल छ, त्यत्तिकै यसको लुक्स एवं डिजाइन समेत आकर्षक र स्पोर्टी रहेको छ । डाकर ¥याली डिजाइनबाट प्रेरित यसको हेडलाइटमा भने पुरानै प्रविधीको हेलोजन बल्ब दिइएको छ । यसमा दिइएको सार्पर ट्यांक, दुई भागमा छुट्टिएको सीट, एलसिडी टीएफटी डिस्प्ले, ह्यान्ड गार्ड, वाइन्डसिल्ड र प्रिसिसन क्राफ्टेड एक्जस्ट सिस्टम र डुअल प्रपोज एमआरएफ टायर जस्ता फिचरले लुक्स तथा डिजाइनमा निखार दिनुको साथै सुरक्षित र मोर्डन मेसिनका रुपमा स्थापित गराएको छ ।
केटीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यसको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...
गत महिनामा अमेरिकी बजारमा लन्च भए पश्चात केटीएच २०२२ ३९० एड्भेन्चर भारतीय...
वित्तीय रुपमा संकटग्रस्त बनेको केटीएमले अष्ट्रियामा मोटरसाइकल उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...