नयाँ टीएफटी डिस्प्ले र टाइप सी चार्जिङ पोर्ट सहित केटीएम २५० ड्युक

केटीएमले आफ्नो २५० ड्युक नयाँ टीएफटी डिस्प्लेको साथ प्रस्तुत गरेको छ । यसमा एलईडी डीआरएल र ५ इन्च टीएफटी स्क्रिन समावेश छ, जुन यसअघि ३९० ड्युकमा देखिएको थियो । नयाँ टीएफटी डिस्प्लेसँगै केटीएम ड्युक २५० मा नयाँ फिचर पनि थपिएको छ ।

नयाँ टीएफटी डिस्प्ले थपिएपछि ३९० ड्युक को तेस्रो पुस्ताबाट ५ इन्चको टीएफटी स्क्रिन र एलईडी डीआरएल ल्याएको छ। २५० ड्युकमा इन्स्टल भइसकेपछि यसमा स्वीच गर्न मिल्ने रियर एबीएस, ल्याप टाइमर, नयाँ स्वीच र टाइप–सी चार्जिङ पोर्ट जस्ता फिचर समावेश गरिएको छ । नयाँ टीएफटीमा स्क्रिन ब्लुटुथ जडानको साथ उपलब्ध छ । यसमा टर्न–बाई–टर्न नेभिगेसन नेभिगेसन, कल र एसएमएस अलर्ट पनि छ ।

यसको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । यसमा २५० सीसी लिक्विड कूल्ड एसओएचसी इन्जिन छ, जसले ३१ एचपी र २५ एनएम टर्क जेनेरेट गर्छ। यसमा नयाँ जेनरेशन ट्रेलिस फ्रेम र कास्ट एल्युमिनियम सबफ्रेम छ, जुन पछिल्लो ३९० मा देखिएको थियो । बाइकमा १५ लिटरको इन्धन ट्याङ्की छ ।

यसमा नयाँ टीएफटी डिस्प्ले जडान गरेपछि यसको मूल्य केही बढेको छ । अब २५० ड्युकको एक्स शोरुम मूल्य २ लाख ४१ हजार भारु भएको छ ।

सम्बन्धित समाचारहरू

केटीएम २५० एड्भेन्चर : आरमदायी यात्रा र रोमाञ्चक यात्राको अनुभुती

केटीएम २५० एड्भेन्चर : आरमदायी यात्रा र रोमाञ्चक यात्राको अनुभुती

नेपाली युवा राइडरको रोजाइमा पर्न सफल केटीएम एक प्रिमियम टु ह्विलर ब्रान्ड...

केटिएमले लन्च गर्यो २०२२ एड्भेन्चर २५०, मूल्य २ लाख ३५ हजार भारु

केटिएमले लन्च गर्यो २०२२ एड्भेन्चर २५०, मूल्य २ लाख ३५ हजार भारु

केटिएमले आज भारतमा २०२२ एड्भेन्चर २५० लन्च गरेको छ । यो बाइकको मूल्य २ लाख...

२०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा, ७० हजार कम मूल्यका साथ उपलब्ध

२०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा, ७० हजार कम मूल्यका साथ उपलब्ध

काठमाडौं – नेपाली बजारमा केटीएमको २०२३ मोडलको २५० एड्भेन्चर बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...