नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

काठमाडौं - नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ । बजाज चेतक ईभी नेपालको सबैभन्दा उच्च मोटरेबल ठाउँ, कोरला नाका (४,६६० मिटर) सम्म पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्न सफल भएको छ ।

यो उपलब्धि चेतक इलेक्ट्रिक स्कुटरको ‘हाइअल्टिच्युड एन्ड्युरेन्स टेस्ट’ अन्तर्गत गरिएको परीक्षणको हिस्सा थियो, जसले स्कुटरको विश्वसनीयता र कठिन भूगोलमा समेत काम गर्न सक्ने क्षमताको प्रमाण दिएको छ ।

नेपालका चुनौतीपूर्ण सडक, कम अक्सिजनयुक्त उच्च भू–भाग, चिसो मौसम र उकालो चढाइ पार गर्दै चेतक इलेक्ट्रिक स्कुटरले कोरला सिमासम्मको कठिन यात्रा तय गरेको हो । यस यात्राले बजाज चेतकको ‘लाइफप्रूफ’ब्रान्ड चिनारीलाई थप मजबुत बनाएको छ ।

उक्त सफलताप्रति प्रतिक्रिया दिँदै गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘कोरला सिमाना पुग्नु केवल उचाइको परीक्षण होइन, विश्वसनीयताको प्रमाण पनि हो। चेतक ईभीले यस्तो स्थानमा पुगेर यो साबित गरेको छ कि जहाँ अहिलेसम्म कुनै विद्युतीय स्कुटर पुगेको थिएन। यसले नेपालको भूगोललाई ध्यानमा राखेर बनाइएका ‘लाइफप्रूफ’ मोबिलिटी समाधानहरूको हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’

कोरला सीमासम्मको साहसी यात्रा पछि, बजाज चेतक इलेक्ट्रिक स्कुटर नेपालकै सबैभन्दा भरपर्दो र सक्षम इलेक्ट्रिक टु–ह्विलरको रूपमा स्थापित भएको छ ।

सम्बन्धित समाचारहरू

चीनमा फक्सवागन र एसएआईसीले २०४० सम्म सहकार्य गर्ने

चीनमा फक्सवागन र एसएआईसीले २०४० सम्म सहकार्य गर्ने

फक्सवागन र एसएआईसीले चीनमा गरिरहेको सहकार्य सन् २०४० सम्म विस्तार गर्ने...

हाईब्रिड कार ल्याउँदै जिकर, सांघाई अटो शोमा सार्बजनिक हुने

हाईब्रिड कार ल्याउँदै जिकर, सांघाई अटो शोमा सार्बजनिक हुने

चिनियाँ अटो निर्माता गिली अन्तर्गतको ईभी ब्रान्ड जिकरले अव हाईब्रिड...

देशभर ८ सयभन्दा बढी बिक्री भए नेटा भी ईभी

देशभर ८ सयभन्दा बढी बिक्री भए नेटा भी ईभी

काठमाडौँ – सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको नेटा भी ईभी गाडी छोटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...