बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
काठमाडौं – बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई...
काठमाडौं–युवा पुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ । काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएम अब बुटवलमा आयोजना हुन लागेको हो ।
कार्यक्रम असोज १७ गते (३ अक्टोबर २०२६) बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना हुने जनाइएको छ । दिउँसो २ः३० बजेदेखि सुरु कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने आयोजकको भनाई छ ।
उक्त कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ¥याप, डिजे प्रस्तुति, ग्राफिटी लगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहनेछन् । यसले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने तथा विभिन्न विधाका कलाकार र प्रतिभासँग जोडिने अवसर प्रदान गर्नेछ ।
काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएम राजधानीबाहिर विस्तार हुँदै क्षेत्रीय युवा समुदायसँग प्रत्यक्ष रूपमा जोडिने क्रममा रहेको छ । बुटवलमा आयोजना हुने कार्यक्रमले बुटवलको आफ्नै ऊर्जा, स्थानीय युवा समुदाय र यहाँको सडक संस्कृतिलाई केन्द्रमा राख्दै स्थानीय परिवेशसँग जोडिएको विशेष अनुभव प्रस्तुत गर्नेछ ।
मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै पल्सर आरपीएमले प्रदर्शन, आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यसले पल्सरलाई युवाको रुचि, जीवनशैली र संस्कृतिसँग थप नजिकबाट जोड्ने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...