सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल ल्याउने
काठमाडौं – सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल...
हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय इभी कोनाको नयाँ जेनेरशेन सार्वजनिक गरेको छ । कोनाको २०२३ मोडलमा व्रान्ड न्यू डिजाइन दिएर यसलाई अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरिएको हो । यो नयाँ मोडलले हाल उपलब्ध कोनालाई विस्थापन गर्ने जनाइएको छ । डिजाइनको साथै यसमा फिचर समेत थप गरिएको छ ।
यो नयाँ जेनेरेशनको इलेक्ट्रिक कारमा कम्पनीले भेरियन्ट अनुसार एक्सटेरियरलाई फरक गरेको छ । यो व्याट्री इलेक्ट्रिक र हाइव्रिड दुवै अप्सनमा उपलब्ध हुनेछ । यसको व्याट्री इभीमा ६४.८ किलोवाट आवरको व्याट्री प्याक र इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसको पावर २०४ पिएस र रेन्ज ४०७ किलोमिटर रहने दावी छ ।
यसैगरी हाइव्रिड भर्सनमा १.६ लिटर फोर सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १४१ पिएस र टर्क २६४ एनएम रहेको छ । हुन्डाई मोटर्सले यसको एन–लाइन भेरियन्ट समेत ल्याउने भएको छ । जसको लुक्स, डिजाइन र फिचर झनै अव्वल रहने जनाइएको छ ।
यो नयाँ कारको इन्टेरियरमा ट्विन स्क्रिन लेआउट दिइएको छ, जुन आयानिक ५ को जस्तै देखिन्छ । साथै यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र सोही आकारको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फ्लोटिङ ड्यासवोर्ड, फिजिकल कन्ट्रोल सहितको कर्भ्ड सेन्टर स्ट्याक, रिपोजिसन गरिएको सिफ्टिङ गियर, र यूनिक रियर वेन्च सिट लगायत उपलब्ध छ ।
कोना नेपाली बजारमा समेत निकै रुचाइएको इलेक्ट्रिक क्रसओभर हो । हाल यसको पुरानो र फेसलिफ्ट मोडल उपलब्ध रहँदै आएको छ । अन्तराष्ट्रिय बजारमा यसको नयाँ मोडल बिक्रीमा आएपछि यो कार नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान लगाउन सकिन्छ ।
काठमाडौं – सरकारले विश्वका १० ठूला विद्युतीय कार उत्पादक कम्पनीलाई नेपाल...
काठमाडौं – पहिले ओकाया पावर ग्रुप भनेर चिनिने ओकाया इनर्जी एण्ड...
चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...