युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय
युरोपेली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूको प्रभाव...
हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय इभी कोनाको नयाँ जेनेरशेन सार्वजनिक गरेको छ । कोनाको २०२३ मोडलमा व्रान्ड न्यू डिजाइन दिएर यसलाई अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरिएको हो । यो नयाँ मोडलले हाल उपलब्ध कोनालाई विस्थापन गर्ने जनाइएको छ । डिजाइनको साथै यसमा फिचर समेत थप गरिएको छ ।
यो नयाँ जेनेरेशनको इलेक्ट्रिक कारमा कम्पनीले भेरियन्ट अनुसार एक्सटेरियरलाई फरक गरेको छ । यो व्याट्री इलेक्ट्रिक र हाइव्रिड दुवै अप्सनमा उपलब्ध हुनेछ । यसको व्याट्री इभीमा ६४.८ किलोवाट आवरको व्याट्री प्याक र इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसको पावर २०४ पिएस र रेन्ज ४०७ किलोमिटर रहने दावी छ ।
यसैगरी हाइव्रिड भर्सनमा १.६ लिटर फोर सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १४१ पिएस र टर्क २६४ एनएम रहेको छ । हुन्डाई मोटर्सले यसको एन–लाइन भेरियन्ट समेत ल्याउने भएको छ । जसको लुक्स, डिजाइन र फिचर झनै अव्वल रहने जनाइएको छ ।
यो नयाँ कारको इन्टेरियरमा ट्विन स्क्रिन लेआउट दिइएको छ, जुन आयानिक ५ को जस्तै देखिन्छ । साथै यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र सोही आकारको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फ्लोटिङ ड्यासवोर्ड, फिजिकल कन्ट्रोल सहितको कर्भ्ड सेन्टर स्ट्याक, रिपोजिसन गरिएको सिफ्टिङ गियर, र यूनिक रियर वेन्च सिट लगायत उपलब्ध छ ।
कोना नेपाली बजारमा समेत निकै रुचाइएको इलेक्ट्रिक क्रसओभर हो । हाल यसको पुरानो र फेसलिफ्ट मोडल उपलब्ध रहँदै आएको छ । अन्तराष्ट्रिय बजारमा यसको नयाँ मोडल बिक्रीमा आएपछि यो कार नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान लगाउन सकिन्छ ।
युरोपेली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूको प्रभाव...
काठमाडौं–नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोगका हिसावले विश्वकै दोस्रो...
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले विश्वकै उच्चस्तरीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...