लुसिड एयरको इलेक्ट्रिक कारले सिंगल चार्जमा ८३० किमी रेन्ज प्रदान गर्ने घोषणा
अमेरिकी इलेक्ट्रिक कार कम्पनी लुसिडले पहिलो लक्जरी इलेक्ट्रिक सेडान कार...
कोमाकी इलेक्ट्रिकले आफ्नो नयाँ कोमाकी एक्स३ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । सो स्कुटर ब्रान्डका अन्य इलेक्ट्रिक स्कुटरको लाइनअपमा सामेल भएको छ । यसमा एसई, एक्स वन र एमजी सीरीजको मोडेल पनि समावेश छ।
कोमाकीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष अफर पनि ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले लगभग १ लाख भारु मूल्यमा दुईवटा कोमाकी एक्स३ स्कुटर किन्न सक्नेछन् । सो स्कुटर आधिकारिक डिलरशिप र ई-कमर्स प्लेटफर्ममा उपलब्ध हुनेछ।
सो स्कुटर विशेष रूपमा महिलाहरुको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । जसका कारण यसको डिजाइन साधारण देखिन्छ ।
यसमा पूर्ण एलईडी लाइटिङ सेटअप छ, जसमा ड्युअल एलईडी हेडल्याम्प र एलईडी टर्न इन्डिकेटर समावेश गरिएको छ । स्कुटरमा डिजिटल ड्यासबोर्ड, मल्टिपल राइडिङ मोड, पार्किङ रिपेयर असिस्ट र रिभर्स असिस्ट जस्ता उन्नत फिचर समावेश गरेको छ । सो स्कुटर तीन रङमा उपलब्ध छ ।
कोमाकी एक्स३ लिथियम-आयन ब्याट्री प्याकले सुसज्जित छ, जसमा ३ किलोवाटको इलेक्ट्रिक मोटर समावेश छ । सो स्कुटर एक पटक पूर्ण चार्ज गरेपछि १०० किलोमिटरसम्म चल्न सक्छ र यसको अधिकतम गति प्रति घण्टा ५५ किलोमिटरसम्म छ ।
अमेरिकी इलेक्ट्रिक कार कम्पनी लुसिडले पहिलो लक्जरी इलेक्ट्रिक सेडान कार...
काठमाडौं– वुलिङको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले...
चीनले विश्वको सबैभन्दा तीव्र गतिको म्याग्लेभ ट्रेनको सुरुवात गरेको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...