जीहो इलेक्ट्रिक स्कुटर किन्दा ८१ हजार सम्म छुट र थाइल्यान्ड भ्रमणको अवसर
काठमाडौं – सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि...
कोमाकी इलेक्ट्रिकले आफ्नो नयाँ कोमाकी एक्स३ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । सो स्कुटर ब्रान्डका अन्य इलेक्ट्रिक स्कुटरको लाइनअपमा सामेल भएको छ । यसमा एसई, एक्स वन र एमजी सीरीजको मोडेल पनि समावेश छ।
कोमाकीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष अफर पनि ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले लगभग १ लाख भारु मूल्यमा दुईवटा कोमाकी एक्स३ स्कुटर किन्न सक्नेछन् । सो स्कुटर आधिकारिक डिलरशिप र ई-कमर्स प्लेटफर्ममा उपलब्ध हुनेछ।
सो स्कुटर विशेष रूपमा महिलाहरुको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । जसका कारण यसको डिजाइन साधारण देखिन्छ ।
यसमा पूर्ण एलईडी लाइटिङ सेटअप छ, जसमा ड्युअल एलईडी हेडल्याम्प र एलईडी टर्न इन्डिकेटर समावेश गरिएको छ । स्कुटरमा डिजिटल ड्यासबोर्ड, मल्टिपल राइडिङ मोड, पार्किङ रिपेयर असिस्ट र रिभर्स असिस्ट जस्ता उन्नत फिचर समावेश गरेको छ । सो स्कुटर तीन रङमा उपलब्ध छ ।
कोमाकी एक्स३ लिथियम-आयन ब्याट्री प्याकले सुसज्जित छ, जसमा ३ किलोवाटको इलेक्ट्रिक मोटर समावेश छ । सो स्कुटर एक पटक पूर्ण चार्ज गरेपछि १०० किलोमिटरसम्म चल्न सक्छ र यसको अधिकतम गति प्रति घण्टा ५५ किलोमिटरसम्म छ ।
काठमाडौं – सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि...
महिन्द्राले आफ्नो पहिलो ईभी एक्सयुभी–४०० मा नयाँ फिचर थप गरेको छ । सो ईभीको...
चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले बिल्ट–इन कार कि सहितको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...