कोमाकीको अपडेट भर्सन भेनिस इलेक्ट्रिक स्कुटर रिमुभेवल ब्याट्रीसहित लन्च

कोमाकीले आफ्नो भेनिस इलेक्ट्रिक स्कुटरको अपडेट भर्सन सार्वजनिक गरेकाे छ । कम्पनीले १ लाख ६७ हजार ५०० भारु मूल्यमा सार्वजनिक गरेको हाे ।

अपडेट गरिएको मोडलमा अतिरिक्त सेफ्टी फिचर र डिटेचेबल लाइफपीओ४ एपमा आधारित स्मार्ट ब्याट्री समावेश छ । स्कुटरको ब्याट्रीका सेलमा आयरन समावेश गरिएको छ, जसले चरम अवस्थामा पनि आगोबाट सुरक्षित बनाउन मदत गर्छ । कम्पनीका अनुसार लुक्स र डिजाइनका लागि ईभीमा टिकाउ र बलियो स्टिल फ्रेम समावेश गरेको छ, जसले स्कुटरलाई अतिरिक्त सुरक्षित बनाउँछ ।

यसमा डबल सिट, ड्युअल साइड फुटरेस्ट, सुधारिएको सस्पेन्सन, सीबीएस डबल डिस्क र किफोब किलेस इन्ट्री र कन्ट्रोल जस्ता फिचर छन् । इलेक्ट्रिक स्कुटरको ब्याट्री ५ घण्टाभन्दा पनि कम समयमा फुल चार्ज गर्न सकिन्छ । पोर्टेबल चार्जरले स्कुटरलाई ४ घण्टामा ० देखि ९० प्रतिशतसम्म चार्ज गर्ने क्षमता छ । सो स्कुटरमा टीएफटी स्क्रिन पनि जडान गरिएको छ । अपडेट भेनिसमा अल्ट्रा ब्राइट फुल एलईडी लाइटिङ सिस्टम, ३००० वाट हब मोटर\५० एएमपी कन्ट्रोलर, रिभर्स मोड र तीन गियर मोड इको, स्पोर्ट र टर्बो समावेश गरेकाे कम्पनीले जनाएकाे छ ।

भेनिस स्पोर्ट क्लासिक फुल चार्जमा ७५ देखि १०० किमिसम्मको रेन्ज दिन्छ । यसको टप स्पिड ७० किमि प्रतिघण्टा छ । भेनिस स्पोर्ट पर्फरमेन्सबको रेन्ज २०० किमि र टप स्पिड ८० किमि प्रतिघण्टा छ । भेनिस अल्ट्रा स्पोर्टको रेन्ज ३०० किमि र टप स्पिड ८० किमि प्रतिघण्टा छ ।

सम्बन्धित समाचारहरू

ब्याट्री, मोटर र कन्ट्रोलरमा लाइफ टाइम वारेन्टी सहित वुलिङको नयाँ ईभी लन्च

ब्याट्री, मोटर र कन्ट्रोलरमा लाइफ टाइम वारेन्टी सहित वुलिङको नयाँ ईभी लन्च

इन्डोनेसियामा चलिरहेको पेरिकलिन्डा इलेक्ट्रिक भेइकल शो (पीईभीएस) मा...

टाटाका शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न पाइने

टाटाका शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न पाइने

काठमाडौँ – साउन ८ गते (सोमबार) देखि नेपालभरिका टाटा शोरूमहरूमा ‘मनसुन...

‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा टेल्जीको इलेक्ट्रिक स्कुटर ‘टाइगर’, यस्ता छन् विशेषता

‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा टेल्जीको इलेक्ट्रिक स्कुटर ‘टाइगर’, यस्ता छन् विशेषता

आहा सुस्तरी सुस्तरी यो मन फसेछ ।। नबोली नबोली माया बसेछ ।। माथीका यी हरफहरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...