यस्ता छन् अलोय ह्विलका फाइदा

कुनै समय गाडीमा स्टिलका पाङ्ग्रा भए पनि सबैजना सन्तुष्ट थिए । तर, बदलिँदो समयसँगै अलोय ह्विलको क्रेज बढ्दै गयो र अलोय ह्विल भएका कार किन्नमा बढी जोड दिन थाले । कतिले त आफ्नो कारमा अलोय ह्विल छैन भने पनि अलोय ह्विल राख्न थालेका छन् । कारको परफर्मेन्स, लुक र राइडिङ एक्सपिरियन्सका लागि अलोय ह्विल उत्कृष्ट विकल्प हुन सक्छ । यद्यपि यसको मूल्य स्टिल ह्विलको तुलनामा अलि महँगो हुन्छ ।

लुक : अलोय ह्विल विभिन्न डिजाइन र कलरमा उपलब्ध हुन्छ, जसले कारलाई स्टाइलिश र आकर्षक लुक प्रदान गर्छ ।

टिकाउ : अलोय ह्विलमा चाँडै खिया लाग्दैन जसका कारण यसको आयु लामो हुन्छ । साथै अलोय ह्विल स्क्र्याच र डेन्ट प्रतिरोधी पनि हुन्छ, जसले यसलाई अझ राम्रो र लामो समयसम्म टिकाउ बनाउँछ ।

परफर्मेन्स : अलोय ह्विल स्टिल ह्विल भन्दा हल्का हुन्छ, जसले राम्रो एक्सेलेरेशन, ब्रेकिङ र ह्यान्डलिङ प्रदान गर्छ। साथै यसको कम वचनका कारण इन्जिनमा कम दबाब पर्छ र माइलेजमा पनि सुधार ल्याउँछ ।

ब्रेकिङ : अलोय ह्विलले ब्रेकलाई अझ प्रभावकारी रूपमा काम गर्न मद्दत गर्छ। विशेष गरी पहाडी क्षेत्रमा गाडी चलाउँदा वा रश ड्राइभिङमा अलोय ह्विल धेरै फाइदाजनक हुन्छ।

आरामदायी ड्राइभिङ : अलोय ह्विल स्टिलका पाङ्ग्रा भन्दा बढी लचिलो हुन्छ, जसले ड्राइभिङलाई अझ सहज बनाउँछ। साथै खाल्डाखुल्डी सडकमा झट्का र कम्पन कम गर्छ।

आफ्नो कारमा अलोय ह्विल जडान गर्दा कारको मोडल अनुसारको पाङ्ग्रा र टायर छनोट गर्नुहोस् । साथै आफ्नो बजेट र आवश्यकता अनुसार ह्विल छनोट गर्नुहोस् । सबैभन्दा महत्त्वपूर्ण कुरा अलोय ह्विल खरिद गर्दा यसमा वारेन्टी छ कि छैन भन्ने कुरामा पनि ध्‍यान दिनुहोस् ।

सम्बन्धित समाचारहरू

स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी सिएटले ल्यायो नयाँ टायर

स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी सिएटले ल्यायो नयाँ टायर

भारतको चर्चित टायर ब्राण्ड सिएटले स्पोर्ट र एड्भेन्चर मोटरसाइकलका लागी...

मर्सिडिज र फरारी कार भन्दा पनि महँगो छ यो टायर, सबैभन्दा महँगो कुन ? हेर्नुहोस्

मर्सिडिज र फरारी कार भन्दा पनि महँगो छ यो टायर, सबैभन्दा महँगो कुन ? हेर्नुहोस्

सन् २०१६ मा जेड टायरले विश्वको सबैभन्दा महँगो टायर बनाएको थियो । यसमा २४...

सिएटले ल्यायो इलेक्ट्रिक कारका लागी विशेष प्रकारको टायर, आवाज कम गर्न सहयोगी

सिएटले ल्यायो इलेक्ट्रिक कारका लागी विशेष प्रकारको टायर, आवाज कम गर्न सहयोगी

भारतिय टायर उत्पादक कम्पनी सिएटले इलेक्ट्रिक कारका लागी विशेष प्रकारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...