दिपल एस ०७ आईसीएमा अव ‘बाई ब्याक ग्यारेन्टि’ योजना पनि, पाइनेछ यी सुबिधा
काठमाडौं–नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै ‘नेक्स्ट...
सन् १९७२ मा लन्च गरिएको काइनेटिक ग्रुपको लोकप्रिय मोडल लुना मोपेड इलेक्ट्रिक भर्सनमा लन्च हुने भएको छ । सो मोपेडले २८ वर्षसम्म भारतीय बजारमा राज गरेको थियो । यसमा ५० सीसीको इन्जिन जडान गरिएको थियो ।
५० वर्ष अघि यसको बिक्री सबैभन्दा बढी थियो र हरेक दिन २ हजार युनिट बेचिन्थ्यो । कम्पनीले लुना मोपेड २ हजार भारु मूल्यमा लन्च गरेको थियो । यो भारतको लागि सबैभन्दा कुशल र सुविधाजनक यातायात मोडलको रूपमा चिनिन्थ्यो ।
नयाँ काइनेटिक लुना इलेक्ट्रिक मोपेडमा १ केडब्ल्यु पावर जेनेरेट गर्नका लागि लिथियम–आयोन ब्याट्री जडान गर्ने सम्भावना छ । सिंगल चार्जमा यसले ७० देखि ८० किमीको दुरी तय गर्ने अनुमान छ । यसको टप स्पिड २५ किमी प्रतिघन्टा हुनेछ ।
सो मोपेड ५० हजार भारु मूल्यमा लन्च गर्ने सम्भावना छ । यसमा इलेक्ट्रिक सेल्फ स्टार्ट, एलईडी हेडलाइट्स, डीआरएल, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र यूएसबी चार्जरका साथै अन्य धेरै विशेष फिचर समावेश गर्ने अनुमान गरिएको छ ।
कम्पनीले ई–लुनालाई चाँडै सार्वजनिक गर्ने जानकारी दिएको छ । यो जानकारी काइनेटिक इन्जिनियरिङद्वारा एक नियामक फाइलिङमा खुलासा गरिएको छ । लुनाको इलेक्ट्रिक मोडलका लागि चेसिस र अन्य एसेम्बली उत्पादन सुरु गरेको छ ।
कम्पनीले ई–लुनाका लागि मुख्य चेसिस, मेन स्ट्यान्ड, साइड स्ट्यान्ड र स्विङ आर्म सबै विकास गरेको छ र प्रति महिना ५ हजार युनिट उत्पादन गर्नेछ । कम्पनीले लुना मोपेड भारतको अहमदावादस्थित कारखानामा उत्पादन गर्नेछ ।
काठमाडौं–नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै ‘नेक्स्ट...
बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय...
काठमाडौं – सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रिएको छ । ब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...