किया सोनेट अब हाइब्रिड पावरट्रेनमा पनि आउने
काठमाडौं–कियाले भारतीय बजारका लागि आफ्ना लोकप्रिय मोडलहरू सोनेट र...
किया इन्डियाले आफ्ना नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभी चाँडै लन्च गर्ने घोषणा गरेको छ । साथै कम्पनीले सो सात सिटर क्षमताको इलेक्ट्रिक कारको मूल्य जुलाई १५ मा घोषणा गर्ने जानकारी दिएको छ।
क्यारेन्स क्लाभिस ईभीको डिजाइन, विशेषता र रेन्जबारे विवरण पहिले नै सार्वजनिक भइसकेको छ । कियाको सो नयाँ इलेक्ट्रिक मोडलले बीवाईडी ईम्याक्स ७, हुन्डाई क्रेटा ईभी र टाटा ह्यारियर ईभीसँग कडा प्रतिस्पर्धा गर्नेछ।
कियाले जारी गरेको टिजर भिडियो अनुसार नयाँ क्यारेन्स क्लाभिस ईभीको डिजाइन हालै लन्च गरिएको यसको आईसीई भेरिएन्टसँग मिल्दोजुल्दो देखिन्छ । कारको अगाडि ट्राएंगुलर एलईडी हेडलाइट, एल आकारको डीआरएल र बीचमा जोडिने एलईडी लाइट बार दिइएको छ। यद्यपि आईसीई मोडलको तुलनामा केही बाह्य र आन्तरिक डिजाइन परिमार्जन गरिएको छ ।
क्यारेन्स क्लाभिसको इन्टेरियरमा ड्युअल टोन ड्यासबोर्ड, सिट अपहोल्स्ट्री, ड्युअल स्क्रिन, टु स्पोक स्टेयरिङ ह्विल, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जिङ प्याड, रूफ माउन्ट गरिएको रियर एसी भेन्ट, प्यानोरामिक सनरुफका साथै भी२एल र भी२भी प्रविधि पनि उपलब्ध हुनेछ ।
यद्यपि कम्पनीले यसको ब्याट्री क्षमताबारे स्पष्ट रूपमा केही खुलाएको छैन, तर उपलब्ध जानकारी अनुसार क्यारेन्स क्लाभिस ईभी दुई फरक ब्याट्री विकल्पमा उपलब्ध हुने अनुमान गरिएको छ। किया इन्डियाले यसको रेन्ज ४९० किलोमिटरसम्म हुने दाबी गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...