७ सिटर किया क्यारेन्सले मच्चायो सनसनी, ३६ महिनामा २ लाख युनिट बिक्री

किया सेल्टोस र सोनेट पछि अब कियाको ७ सिटर फेमिली कार क्यारेन्सले बिक्रीमा माइलस्टोन हासिल गरेको छ । कियाले लन्च भएको ३६ महिनामा २ लाखभन्दा बढी क्यारेन्स कार बिक्री गरेको छ । कम्पनीले यसलाई ७० भन्दा बढी देशमा निर्यात गरेको छ ।

किया क्यारेन्सले छोटो समयमा नै ठुलो सफलता हासिल गरेको छ । सो एमपीभी कार आरामदायी र सुविधा सम्पन्न कार चाहने परिवारका लागि राम्रो विकल्प बनेको छ । यसमा भएका सनरुफ, फरक ड्राइभिङ मोड, भेन्टिलेटेड सिट र किया कनेक्ट जस्ता फिचरले सबैलाई आकर्षित गरेको छ । यस्ता फिचरले कारलाई अझ प्रिमियम बनाएको छ ।

किया क्यारेन्सको डिजेल भेरिएन्ट भन्दा पेट्रोल भेरिएन्ट बढी लोकप्रिय छ । ५८ प्रतिशत ग्राहकले पेट्रोल भर्सन र ४२ प्रतिशत ग्राहकले डिजेल भर्सन रोजिरहेका छन् । अटोमेटिक र आईएमटी गियर भएका मोडल पनि निकै प्रसिद्ध छ । ३२ प्रतिशत ग्राहकले यी ट्रान्समिसन रोजिरहेका छन् भने २८ प्रतिशत ग्राहकले सनरुफ भएको मोडेल रोजेका छन् । धेरैजसो ग्राहकले ७सिटर मोडल खरिद गरिरहेका छन्, जुन कुल बिक्रीको ९५ प्रतिशत हो ।

किया क्यारेन्समा उन्नत फिचर, फराकिलो इन्टेरियर र उत्कृष्ट सेफ्टी फिचर समावेश छ । क्यारेन्स भारतमा मात्र नभई अन्य देशमा पनि लोकप्रिय हुँदै गइरहेको छ । कम्पनीले ७० भन्दा बढी देशमा २४ हजार ६४ वटा क्यारेन्स गाडी निर्यात गरेको छ।

सम्बन्धित समाचारहरू

यस्तो छ कम बजेटको उत्कृष्ट कार किया सिरोस

यस्तो छ कम बजेटको उत्कृष्ट कार किया सिरोस

कार खरिद गर्ने सोचमा हुनुहुन्छ तर बजेटमा समस्या छ भने अब आत्तिनु पर्दैन ।...

देशका यी १० स्थानमा छ कियाको सर्भिस सेन्टर, २ वर्षपछि डेढ दर्जन पुर्याउने लक्ष्य

देशका यी १० स्थानमा छ कियाको सर्भिस सेन्टर, २ वर्षपछि डेढ दर्जन पुर्याउने लक्ष्य

एसयुभी सेग्मेन्टका गाडीमा उच्च दरको बिक्री हाँसिल गर्न सफल कियाले पछिल्लो...

आज किया क्यारेन्सको ग्लोबल डेब्यु हुँदै, यस्तो हुन सक्छ ५ सम्भावित मुख्य विशेषता

आज किया क्यारेन्सको ग्लोबल डेब्यु हुँदै, यस्तो हुन सक्छ ५ सम्भावित मुख्य विशेषता

दक्षिण कोरियाली कार निर्माता कम्पनी किया इन्डियाले आज भारतीय लाइनअपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...