यस्तो हुनेछ किया साइरोसको इन्टेरियर, ८ दिनपछि सार्बजनिक हुँदै

कियाले नयाँ एसयुभी साइरोसको इन्टेरियर सार्बजनिक गरेको छ । डिसेम्वर १९ मा लन्च हुने तय गरिएको साइरोसमा किया ईभी३ मा जस्तै नयाँ टु–स्पोक स्टेरिङ ह्विल रहने खुलासा भएको छ ।

उक्त मल्टि–फंक्शन स्टेयरिङमा ‘टेरेन मोड’ स्विच समेत राखिएको छ । कारको सेन्ट्रल कन्सोलमा इन्जिन स्टार्ट÷स्टप बटन र पार्किङ सेन्सर तथा ३६०–डिग्री क्यामेरा सक्रिय गर्न आवश्यक स्वितहरु समते राखिएको छ । नयाँ एसयुभी साइरोसमा युएसबी पोर्टको साथ वायरलेस चार्जिङ प्याड पनि रहनेछ ।

ड्यासबोर्डको केन्द्रमा फ्रि–स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । एसयूभीमा निलो एम्बियन्ट लाइटिङ र प्यानोरामिक सनरुफ समेत पाइनेछ ।

किया साइरोस दुई इन्जिन विकल्पमा उपलब्ध हुने यसअघि नै उद्घोष भैसकेको छ । जसअन्तर्गत १.० लिटर टर्बो पेट्रोल इन्जिनले ११८ बिएचपी पावर र १७२ एनएम टर्क तथा १.५ लिटर डिजेल इन्जिनले ११३ बिएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्दछ । कार ६ स्पिड म्यानुअल, ५ स्पिड डिसिटी र ६ स्पिड अटोमेटिक ट्रान्समिनमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

५०० किमीको ड्राइभिङ दिने किया ईभी९को टिजर जारीे, नोभेम्बर १७ मा लन्च हुने

५०० किमीको ड्राइभिङ दिने किया ईभी९को टिजर जारीे, नोभेम्बर १७ मा लन्च हुने

दक्षिण कोरियाली अटोमेकर किया मोटर्सले आफ्नो ईभी लाइनअप विस्तार गर्ने...

किया सेल्टोस ४६ महिनामा ५ लाख बिक्री, नयाँ फेसलिफ्ट लन्च गर्ने तयारीमा

किया सेल्टोस ४६ महिनामा ५ लाख बिक्री, नयाँ फेसलिफ्ट लन्च गर्ने तयारीमा

किया इन्डियाको प्रिमियम एसयूभी सेल्टोसले लन्च भएको ४६ महिना भित्रमा ५ लाख...

अटो एक्स्पो २०२५ : किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक, रेन्ज ६५० किमि दाबी

अटो एक्स्पो २०२५ : किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक, रेन्ज ६५० किमि दाबी

कियाले भारत मोबिलिटी ग्लोबल एक्सपोमा ईभी६ फेसलिफ्ट सार्वजनिक गरेको छ। यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...