१३ लाख ३९ हजार भारुमा लन्च भयो किया सोनेट एक्स लाइन
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
कियाले नयाँ एसयुभी साइरोसको इन्टेरियर सार्बजनिक गरेको छ । डिसेम्वर १९ मा लन्च हुने तय गरिएको साइरोसमा किया ईभी३ मा जस्तै नयाँ टु–स्पोक स्टेरिङ ह्विल रहने खुलासा भएको छ ।
उक्त मल्टि–फंक्शन स्टेयरिङमा ‘टेरेन मोड’ स्विच समेत राखिएको छ । कारको सेन्ट्रल कन्सोलमा इन्जिन स्टार्ट÷स्टप बटन र पार्किङ सेन्सर तथा ३६०–डिग्री क्यामेरा सक्रिय गर्न आवश्यक स्वितहरु समते राखिएको छ । नयाँ एसयुभी साइरोसमा युएसबी पोर्टको साथ वायरलेस चार्जिङ प्याड पनि रहनेछ ।
ड्यासबोर्डको केन्द्रमा फ्रि–स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । एसयूभीमा निलो एम्बियन्ट लाइटिङ र प्यानोरामिक सनरुफ समेत पाइनेछ ।
किया साइरोस दुई इन्जिन विकल्पमा उपलब्ध हुने यसअघि नै उद्घोष भैसकेको छ । जसअन्तर्गत १.० लिटर टर्बो पेट्रोल इन्जिनले ११८ बिएचपी पावर र १७२ एनएम टर्क तथा १.५ लिटर डिजेल इन्जिनले ११३ बिएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्दछ । कार ६ स्पिड म्यानुअल, ५ स्पिड डिसिटी र ६ स्पिड अटोमेटिक ट्रान्समिनमा उपलब्ध हुनेछ ।
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...
कियाको इलेक्ट्रिक कार ईभी–९ ले वर्ल्ड कार अफ दि इयर–२०२४ को अवार्ड पाएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...