दाङमा पहिलो राइड सेयरिङ प्लेटफर्म ‘दाङ ई-ड्राइभ’ सञ्चालनमा
दाङ – दाङमा पहिलोपटक राइड सेयरिङ प्लेटफर्म ‘दाङ ई-ड्राइभ प्रालि’ले...
कियाले भारतमा आफ्नो दोस्रो इलेक्ट्रिक कार किया साइरोस ईभी १३ लाख ४९ हजार भारुमा लन्च गरेको छ। यसको टप भेरिएन्टको मूल्य १९ लाख ९९ हजार भारुसम्म जान्छ। सो कार जुलाई ३०, २०२६ देखि डिलरशिपहरूमा उपलब्ध हुनेछ। कम्पनीले यसलाई २ ब्याट्री विकल्प र ७ भेरियन्टमा लन्च गरेको छ।
ब्याट्री, रेन्ज र परफर्मेन्स: नयाँ किया साइरोसमा ४२ किलोवाट आवर र ५१ किलोवाट आवर गरी दुई ब्याट्री प्याक उपलब्ध गराएको छ । यसको ठुलो ब्याट्रीले ५२६ किलोमिटर र सानो ब्याट्रीले ४४३ किलोमिटरको रेन्ज प्रदान गर्छ। यी दुबै मोडलमा १७१ पीएस पावर उत्पादन गर्ने विद्युतीय मोटर जडान गरिएको छ । यसको ठुलो ब्याट्रीले केवल ८.१ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। सो ब्याट्री १०० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गरेर ३९ मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ।
बास विकल्प र वारेन्टी: कियाले ग्राहकको बजेटलाई ध्यानमा राख्दै ब्याट्री एज ए सर्भिस योजना पनि उपलब्ध गराएको छ । कम्पनीले साइरोस ईभी ब्याट्रीमा १५ वर्षको असीमित किलोमिटर वारेन्टी दिएको छ। ब्याट्री एज ए सर्भिस योजना अन्तर्गत ब्याट्री बिनाको कार मात्र ७ लाख ९९ हजारमा किन्न सकिन्छ र प्रति किलोमिटर ३.३ भारुको दरले ब्याट्री शुल्क तिर्नु पर्ने हुन्छ । साथै कम्पनीले ३ वर्षसम्म गाडी प्रयोग गरेपछि गाडी फिर्ता वा साटफेर गर्दा ८० प्रतिशतसम्म रिसेल भ्यालु दिने व्यवस्था पनि गरेको छ ।
फिचर: कम्पनीले सो इलेक्ट्रिक कारमा दुईवटा १२.३ इन्चको स्क्रिन र ५ इन्चको एसी कन्ट्रोल स्क्रिनलाई जोडेर ठुलो ३० इन्चको डिस्प्ले उपलब्ध गराएको छ । कारको क्याबिनमा भेन्टिलेटेड फ्रन्ट र रियर सिट, प्यानोरामिक सनरुफ, ८ स्पिकर हर्मन कार्डन साउन्ड सिस्टम, वायरलेस फोन चार्जर र ६४ रङको एम्बियन्ट लाइटिङ जस्ता फिचर दिइएको छ । साथै यसमा आई प्याडल ड्राइभिङ सिस्टम, भेहिकल टु लोड प्रविधि र ओभर द एयर सफ्टवेयर पनि उपलब्ध गराएको छ ।
सेफ्टी फिचर: सेफ्टीका लागि गाडीमा लेभर २ एडास सिस्टम, ६ वटा एयरब्याग, ३६०-डिग्री क्यामेरा, ब्लाइन्ड भ्यू मनिटर, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर निगरानी सिस्टम समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...