कियाको बहुप्रतिक्षित एसयुभी साइरोस सार्बजनिक, यस्तो छ विशेषता

कियाले आफ्नो बहुप्रतिक्षित एसयुभी साइरोसलाई भारतमा सार्बजनिक गरेको छ । सो नयाँ सब फोर मिटर एसयुभीको बुकिङ जनवरी ३ देखी खुला हुने र डेलिभरी फेब्रुअरीबाट थाल्ने कम्पनी भनाई छ ।

कियाको के१ प्लेटफर्ममा बनेको सो नयाँ कार बक्सि डिजाइनका साथ आएको हो । यसमा ठाडो स्ट्याक्सड एलईडी हेडल्याम्प र एल आकारको एलईडी टेललाईट राखिएको छ । कारमा बाक्लो बी–पिल्लर, रुफ रेल र रिट्रयाक्टेवल डोर ह्यान्डल उपलब्ध छ ।

इन्टेरियरमा स्लाइडिङ र रिक्लाइनिङ रियर सिट तथा सेग्मेन्ट–फर्स्ट भेन्टिलेटेड फ्रन्ट र रियर सिट राखिएको छ । सो नयाँ कारको ड्यासबोर्ड निकै आधुनिक र सरल देखिएको छ । साथै, होरिजन्टल एयर कन्भेन्ट्स र ३० इन्चको डुअल स्क्रिन लेआउटमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । कारमा नयाँ डिजाइनको फ्ल्याट–बटम स्टेयरिङ ह्वील समेत उपलब्ध छ ।

अन्य सुविधाहरूमा प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ, रियर सनशेड, एम्बियन्ट लाइटिङ, रियर एसी भेन्ट्स, वायरलेस एन्ड्रोइड अटो एन्ड एप्पल कारप्ले, ८ स्पिकर हरमन कार्डन साउन्ड सिस्टम र रिमोट विन्डो भेन्टिलेसनका साथ कनेक्टेड कार फिचर पाउन सकिन्छ ।

कार १.० लिटर टर्बो–पेट्रोल र १.५ लिटर डिजेल इन्जिन अप्सनमा उपलब्ध हुनेछ । पेट्रोल इन्जिन ६ स्पीड म्यानुअल र ७ स्पीड डिसिटी तथा डिजेल इन्जिन ६ स्पिड म्यानुअल अप्सनमा उपलब्ध हुनेछ ।

सुरक्षाका लागि कारमा ३६० डिग्री क्यामेरा, ईएससी, हिल स्टार्ट, ६ वटा एयरब्याग र चारवटै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । कियाले सो नयाँ कारको मुल्य भने सार्बजनिक गरिसकेको छैन ।

सम्बन्धित समाचारहरू

नेपालमा छन् हिउँमा चलाउन उपयुक्त स्नो मोड भएका यी कार (सूचीसहित)

नेपालमा छन् हिउँमा चलाउन उपयुक्त स्नो मोड भएका यी कार (सूचीसहित)

मौसम अब विस्तारै खुल्दै छ । विगत तीन चार दिन यता मौसम निकै चिसो बन्यो । देशका...

प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

२०२२ किया सेल्टोस फेसलिफ्ट दक्षिण कोरियामा लन्च भएको छ । मिडिया रिपोर्टका...

कियाको बिक्रीमा १०.३ प्रतिशतले उछाल, फेब्रुअरीमा २७ हजारभन्दा बढी कार बिक्री

कियाको बिक्रीमा १०.३ प्रतिशतले उछाल, फेब्रुअरीमा २७ हजारभन्दा बढी कार बिक्री

किया इन्डियाले सन् २०२६ को फेब्रुअरी महिनामा उल्लेखनीय बिक्री वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...