किया नेपालले सार्वजनिक ग-यो किया क्यारेन्सको टिजर, यस्तो छ फिचर र अनुमानित मूल्य
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
भारतीय बजारमा किया सानेट लन्च भएको १ बर्ष पुरा भएको छ । अघिल्लो बर्षको यसै महिना लन्च गरिएको यो कम्प्याक्ट एसयुभीले कोरोना महामारीका कारण अस्तब्यस्त बनेको अर्थतन्त्रका बावजुत पनि किर्तिमानी बिक्री हासिँल गर्न सफल भएको छ । यो एक बर्षको अबधीमा सोनेट भारतीय बजारमा १ लाख युनिटभन्दा बढी बिक्री भएको जनाइएको छ ।
सोनेटेको किर्तिमानी बिक्रीसंगै यसले किया मोटर्सको बजार हिस्सा समेत बढाएको छ । किया हाल भारतीय बजारमा सर्बाधिक बिक्री हुने टप ५ प्यासेन्जर कार ब्रान्डमा सुचीकृत भैसकेको छ । त्यसैगरी कियाको कुल बिक्रीको ३२ प्रतिशत भन्दा बढी हिस्सा सोनेट एक्लैले ओगटेको छ । भारतीय बजारमा बिक्री हुने यो सेग्मेन्टको एसयुभीमा यसले १७ प्रतिशत हिस्सा ओगटेको छ । अर्को चर्चित एसयुभी सेल्टोसले समेत यो सेग्मेन्टमा एकपछि अर्को रेकर्ड बनाउँदै गएको छ । जसका कारण अहिले भारतीय बजारमा किया मोटर्सलाई उदयीमान ब्रान्डका रुपमा हेर्न थालिएको छ ।
पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा उपलब्ध यो एसयुभीको दुबै भेरियन्टको बिक्री उत्तिकै राम्रो गतिमा अघि बढीरहेको छ । भारतमा भएको कुल बिक्रीको ६१ प्रतिशत पेट्रोल र ३९ प्रतिशत हिस्सा डिजेल भेरियन्टले ओगटेको किया मोटर्सले जनाएको छ । यो एसयुभी १२ सय सिसी क्षमतामा पेट्रोल र १५ सय सिसीमा डिजेल इन्जिनमा उपलब्ध छ । जसको मूल्य नेपाली बजारमा पेट्रोल भेरियन्टको ३५ लाख ९० हजार र डिजेलको ४८ लाख ९० हजारदेखी ५७ लाख ९० हजार रुपैयाँसम्म पर्छ । नेपाली बजारमा भने यसको पेट्रोल इन्जिन बढी लोकप्रिय बनिरहेको छ ।
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
अन्य सेगमेन्टका सवारी साधन करिव १०० वर्ष देखि नै उत्पादन गरिरहे पनि स्कुटर...
भारतका दुई ठूला अटो उत्पादक किया र टोयोटाले अप्रिल १ देखी गाडीको मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...