सेल्टोसमा थपियो दुई नयाँ भेरिएन्ट, सप्लाई सहज बनाउन केही फिचर कटौती

कीयाले आफ्नो सर्बाधिक लोकिप्रय एसयूभी सेल्टोसमा दुई नयाँ भेरिएन्ट थप गरेको छ । दुई महिनाअघि भारतीय बजारमा आएको फेसलिफ्टको माग अत्याधिक बृद्धि भएपछि सप्लाईलाई सहज बनाउन कम्पनीले केही फिचर कटौती गरेर नयाँ भेरिएन्ट थप गरेको हो ।

थप भएका जीटिएक्स प्लस(एस) र एक्स–लाईन(एस) भेरिएन्टमा ३६० डिग्री क्यामेरा र वोस साउन्ड सिस्टम हटाइएको छ । कियाले यसको टप स्पेक भेरिएन्ट जीटिएक्स प्लस र एक्स–लाईन भेरिएन्टमा यी फिचर दिँदै आएको छ । तर बजारमा यी फिचरको अभाव वढेपछि यसलाई हटाएर उत्पादनलाई गती दिँदै आपूर्ती सहज बनाउन नयाँ भेरिएन्ट थप गरिएको कम्पनीले जनाएको छ ।

नयाँ भेरिएन्टमा एडिएएस, डुअल इन्फोटेन्मेन्ट स्क्रिन, १८ इन्चको डायमन्ड कट एलोई ह्विल र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता फिचरलाई भने निरन्तरता दिइएको छ । नयाँ भेरिएन्टको मूल्य १९ लाख ३९ हजार र १९ लाख ५९ हजार भारु तोकिएको छ ।

नयाँ भेरिएन्ट थप भएसंगै हालसम्म कायम भएको ५० हजार वुकिङलाई २ महिनाभित्र डेलिभरी गर्न सकिने कम्पनीको भनाई छ । यसअघि कम्पनीले फेसलिफ्ट मोडललाई हात पार्न ग्राहकले कम्तिमा ४ महिना कुर्नुपर्ने बताउँदै आएको थियो । नयाँ भेरिएन्ट १.५ लिटर टर्वो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

अब अटोमेटिक विकल्पसहित किया सोनेटको नयाँ भेरिएन्ट

अब अटोमेटिक विकल्पसहित किया सोनेटको नयाँ भेरिएन्ट

किया इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी सोनेटको अटोमेटिक...

किया नेपालद्वारा २०२६ मोडलको किया सोनेट सार्वजनिक, बुकिङ खुला (मूल्य सहित)

किया नेपालद्वारा २०२६ मोडलको किया सोनेट सार्वजनिक, बुकिङ खुला (मूल्य सहित)

काठमाडौं – नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

टलब्वाई ह्याचब्याक डिजाइनमा आउदै किया सोल

टलब्वाई ह्याचब्याक डिजाइनमा आउदै किया सोल

भारतमा किया मोटर्सले सोल नाममा नयाँ नाम दर्ता गरेको छ । किया सोल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...