अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी
दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...
कीयाले आफ्नो सर्बाधिक लोकिप्रय एसयूभी सेल्टोसमा दुई नयाँ भेरिएन्ट थप गरेको छ । दुई महिनाअघि भारतीय बजारमा आएको फेसलिफ्टको माग अत्याधिक बृद्धि भएपछि सप्लाईलाई सहज बनाउन कम्पनीले केही फिचर कटौती गरेर नयाँ भेरिएन्ट थप गरेको हो ।
थप भएका जीटिएक्स प्लस(एस) र एक्स–लाईन(एस) भेरिएन्टमा ३६० डिग्री क्यामेरा र वोस साउन्ड सिस्टम हटाइएको छ । कियाले यसको टप स्पेक भेरिएन्ट जीटिएक्स प्लस र एक्स–लाईन भेरिएन्टमा यी फिचर दिँदै आएको छ । तर बजारमा यी फिचरको अभाव वढेपछि यसलाई हटाएर उत्पादनलाई गती दिँदै आपूर्ती सहज बनाउन नयाँ भेरिएन्ट थप गरिएको कम्पनीले जनाएको छ ।
नयाँ भेरिएन्टमा एडिएएस, डुअल इन्फोटेन्मेन्ट स्क्रिन, १८ इन्चको डायमन्ड कट एलोई ह्विल र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता फिचरलाई भने निरन्तरता दिइएको छ । नयाँ भेरिएन्टको मूल्य १९ लाख ३९ हजार र १९ लाख ५९ हजार भारु तोकिएको छ ।
नयाँ भेरिएन्ट थप भएसंगै हालसम्म कायम भएको ५० हजार वुकिङलाई २ महिनाभित्र डेलिभरी गर्न सकिने कम्पनीको भनाई छ । यसअघि कम्पनीले फेसलिफ्ट मोडललाई हात पार्न ग्राहकले कम्तिमा ४ महिना कुर्नुपर्ने बताउँदै आएको थियो । नयाँ भेरिएन्ट १.५ लिटर टर्वो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ ।
दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...
कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ ।...
कोरियन अटो मेकर कियाले ६ सिटर कार्निभललाई भारतीय बजारमा औपचारीक लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...