२०२५ मोडल किया सेल्टोसको केही दिन पछि नेपालमा बिक्री सुरु हुने, यस्तो हुनेछ मूल्य र फिचर

कठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले २०२५ मोडलको किया सेल्टोस नेपाली बजारमा उपलब्ध गराउने भएको छ । किया सेल्टोस एचटीके भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

कम्पनी स्रोतका अनुसार अबको करिव दुई साता पहिले नै यो गाडी नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

१.५ लिटर पेट्रोल इन्जिनयुक्त सो एसयूभीमा ६ एयरब्याग, पुस स्टार्ट बटन, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ८.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६०ः४० स्प्लिट सिट र १९२ एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका फिचर उपलब्ध छन् ।

किया सेल्टोस पेट्रोल र डिजेल इन्जिन गरी धेरै भेरिएन्टमा उपलब्ध छ । ती मध्ये धेरैको रोजाइमा पर्न सक्ने एचटीके भेरिएन्ट नेपालमा उपलब्ध हुने भएको हो । नेपालका लागि सो गाडी बुकिङ र बिक्री प्रारम्भ हुने क्रममा रहेको र यसका लागि आवश्यक तयारी भइरहेको बताइएको छ ।

किया सेल्टोस नेपालमा समेत निकै रुचाइएको मोडल हो । यो भन्दा पहिले २०७६ सालमा समेत नेपाल भित्रिदा यसको चर्चा निकै नै चुलिएको थियो । नेपाली सडकमा प्रशस्तै किया सेल्टोस एसयूभी गुडिरहेका छन् । अबको नयाँ मोडलले समेत चर्चा पाउने अनुमान गर्न सकिन्छ ।

पहिले देखि नै उपलब्ध मोडलमा केही फिचर थप गरेर कियाले करिव दुई महिना पहिले २०२५ मोडल भारतमा लन्च गरेको थियो । छोटो समयमै यो मोडल नेपालमा समेत उपलब्ध हुने भएको हो ।

सम्बन्धित समाचारहरू

कियाको चर्चित एसयुभी सेल्टोस, यस्तो छ नेपाली बजारमा उपलव्ध ७ भेरियन्टको मूल्य

कियाको चर्चित एसयुभी सेल्टोस, यस्तो छ नेपाली बजारमा उपलव्ध ७ भेरियन्टको मूल्य

नेपाली एसयुभी पारखीमाझ लोकप्रिय वनिरहेको किया सेल्टोस ७ भिन्न भेरियन्टमा...

यस्तो छ किया सिरोस बेस भेरिएन्टको फिचर र इन्जिन

यस्तो छ किया सिरोस बेस भेरिएन्टको फिचर र इन्जिन

कियाले सब फोर मिटर कम्प्याक्ट एसयूभीको रूपमा कियाको सबैभन्दा नयाँ गाडी...

कियाले एक वर्षमा बेच्यो ३० लाख बढी कार, स्पोर्टेज पहिलो स्थानमा

कियाले एक वर्षमा बेच्यो ३० लाख बढी कार, स्पोर्टेज पहिलो स्थानमा

कोरियन अटो निर्माता कियाले नयाँ विश्वव्यापी बिक्री रेकर्ड हाँसिल गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...