२०२५ मोडल किया सेल्टोसको केही दिन पछि नेपालमा बिक्री सुरु हुने, यस्तो हुनेछ मूल्य र फिचर

कठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले २०२५ मोडलको किया सेल्टोस नेपाली बजारमा उपलब्ध गराउने भएको छ । किया सेल्टोस एचटीके भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने भएको छ ।

कम्पनी स्रोतका अनुसार अबको करिव दुई साता पहिले नै यो गाडी नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

१.५ लिटर पेट्रोल इन्जिनयुक्त सो एसयूभीमा ६ एयरब्याग, पुस स्टार्ट बटन, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ८.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६०ः४० स्प्लिट सिट र १९२ एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका फिचर उपलब्ध छन् ।

किया सेल्टोस पेट्रोल र डिजेल इन्जिन गरी धेरै भेरिएन्टमा उपलब्ध छ । ती मध्ये धेरैको रोजाइमा पर्न सक्ने एचटीके भेरिएन्ट नेपालमा उपलब्ध हुने भएको हो । नेपालका लागि सो गाडी बुकिङ र बिक्री प्रारम्भ हुने क्रममा रहेको र यसका लागि आवश्यक तयारी भइरहेको बताइएको छ ।

किया सेल्टोस नेपालमा समेत निकै रुचाइएको मोडल हो । यो भन्दा पहिले २०७६ सालमा समेत नेपाल भित्रिदा यसको चर्चा निकै नै चुलिएको थियो । नेपाली सडकमा प्रशस्तै किया सेल्टोस एसयूभी गुडिरहेका छन् । अबको नयाँ मोडलले समेत चर्चा पाउने अनुमान गर्न सकिन्छ ।

पहिले देखि नै उपलब्ध मोडलमा केही फिचर थप गरेर कियाले करिव दुई महिना पहिले २०२५ मोडल भारतमा लन्च गरेको थियो । छोटो समयमै यो मोडल नेपालमा समेत उपलब्ध हुने भएको हो ।

सम्बन्धित समाचारहरू

कियाको सबैभन्दा सानो ईभी सार्वजनिक हुने मिति घोषणा

कियाको सबैभन्दा सानो ईभी सार्वजनिक हुने मिति घोषणा

कियाले आफ्नो बहुप्रतिक्षित बिद्युतिय एसयूभी(ईभी) ईभी२ लाई आगामी जनवरी ९ मा...

यस्तो हुनेछ सिंगल चार्जमा ४२५ किलोमिटर चल्ने कियाको इलेक्ट्रिक कार

यस्तो हुनेछ सिंगल चार्जमा ४२५ किलोमिटर चल्ने कियाको इलेक्ट्रिक कार

कियाले चाँडै नै आफ्नो इलेक्ट्रिक कार ईभी६ क्रसओभर भारतमा लन्च गर्ने तयारी...

क्रेटा र सेल्टोस अब हाइब्रिड पावरट्रेनमा समेत आउने, पार्टपुर्जा भारतमै उत्पादन गर्ने

क्रेटा र सेल्टोस अब हाइब्रिड पावरट्रेनमा समेत आउने, पार्टपुर्जा भारतमै उत्पादन गर्ने

हुन्डाई र कियाले आफ्ना लोकप्रिय एसयूभी मोडल क्रेटा र सेल्टोसलाई हाइब्रिड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...