इलेक्ट्रिक सनरुफसहितको किया सोनेट अटोमेटिक अब नेपालमा
काठमाडौं – नेपाली बजारमा किया सोनेटको अर्को भेरिएन्ट एचटीएक्स एटी...
कियाको बहुप्रतिक्षित इलेक्ट्रिक कार क्यारेन्स लन्च हुने तयारीमा रहेको छ । हालै सार्वजनिक भएको सो ईभीको परीक्षण फोटोले यस ईभीको आगमनको संकेत दिएको छ । क्यारेन्स ईभी किया मोटर्सको पहिलो मास-मार्केट इलेक्ट्रिक एमपीभी बन्न सक्ने अनुमान गरिएको छ, जसमा अत्याधुनिक प्रविधि र उन्नत फिचर समावेश हुने अपेक्षा गरिएको छ ।
आगामी किया क्यारेन्स ईभीमा एलईडी हेडल्याम्प, कनेक्टेड एलईडी डीआरएल स्ट्रिप सहितको आकर्षक फ्रन्ट लुक, नयाँ एरोडायनामिक अलोय ह्विल, ग्रिलको बीचमा चार्जिङ पोर्ट, भर्टिकली राखिएका एलईडी टेललाइट जस्ता फिचर समावेश हुनेछ । डिजाइनको हिसाबले यसमा किया ईभी६ बाट प्रेरित फ्रन्ट प्रोफाइल अपनाइने सम्भावना छ।
सो ईभीमा ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ड्राइभर डिस्प्ले, ड्युअल जोन अटो एसी, भेन्टिलेटेड सिट, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, प्यानोरामिक सनरुफ, एड्भान्स ड्राइभिङ असिस्टेनस सिस्टम, ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता अत्याधुनिक सेफ्टी फिचर उपलब्ध हुनेछ ।
किया क्यारेन्स ईभीमा २-३ वटा ब्याट्री प्याक विकल्प उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। सो ईभी एक पटकको पूर्ण चार्जमा करिब ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, यसमा फास्ट चार्जिङको सुविधा पनि समावेश गरिने सम्भावना छ।
किया क्यारेन्स ईभीको सुरुवाती एक्स-शोरूम मूल्य करिब २० लाख भारुसम्म हुने अनुमान गरिएको छ। भारतमा यस वर्ष नै यसको लन्च हुने सम्भावना छ, तर किया मोटर्सले अहिलेसम्म आधिकारिक रूपमा यसको पुष्टि गरेको छैन।
काठमाडौं – नेपाली बजारमा किया सोनेटको अर्को भेरिएन्ट एचटीएक्स एटी...
दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको फेसलिफ्ट भर्सनमा...
२०१७ मा पहिलो पटक लन्च गरिएको किया पिकान्टोको सफलता पछि कम्पनीले अब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...