किया मोटर्सको पहिलो मास-मार्केट इलेक्ट्रिक एमपीभी क्यारेन्स चाँडै लन्च हुने तयारीमा

कियाको बहुप्रतिक्षित इलेक्ट्रिक कार क्यारेन्स लन्च हुने तयारीमा रहेको छ । हालै सार्वजनिक भएको सो ईभीको परीक्षण फोटोले यस ईभीको आगमनको संकेत दिएको छ । क्यारेन्स ईभी किया मोटर्सको पहिलो मास-मार्केट इलेक्ट्रिक एमपीभी बन्न सक्ने अनुमान गरिएको छ, जसमा अत्याधुनिक प्रविधि र उन्नत फिचर समावेश हुने अपेक्षा गरिएको छ ।

आगामी किया क्यारेन्स ईभीमा एलईडी हेडल्याम्प, कनेक्टेड एलईडी डीआरएल स्ट्रिप सहितको आकर्षक फ्रन्ट लुक, नयाँ एरोडायनामिक अलोय ह्विल, ग्रिलको बीचमा चार्जिङ पोर्ट, भर्टिकली राखिएका एलईडी टेललाइट जस्ता फिचर समावेश हुनेछ । डिजाइनको हिसाबले यसमा किया ईभी६ बाट प्रेरित फ्रन्ट प्रोफाइल अपनाइने सम्भावना छ।

सो ईभीमा ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ड्राइभर डिस्प्ले, ड्युअल जोन अटो एसी, भेन्टिलेटेड सिट, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, प्यानोरामिक सनरुफ, एड्भान्स ड्राइभिङ असिस्टेनस सिस्टम, ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता अत्याधुनिक सेफ्टी फिचर उपलब्ध हुनेछ ।

किया क्यारेन्स ईभीमा २-३ वटा ब्याट्री प्याक विकल्प उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। सो ईभी एक पटकको पूर्ण चार्जमा करिब ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, यसमा फास्ट चार्जिङको सुविधा पनि समावेश गरिने सम्भावना छ।

किया क्यारेन्स ईभीको सुरुवाती एक्स-शोरूम मूल्य करिब २० लाख भारुसम्म हुने अनुमान गरिएको छ। भारतमा यस वर्ष नै यसको लन्च हुने सम्भावना छ, तर किया मोटर्सले अहिलेसम्म आधिकारिक रूपमा यसको पुष्टि गरेको छैन।

सम्बन्धित समाचारहरू

जानौ किया मोटर्सका ९ महत्वपूर्ण तथ्य

जानौ किया मोटर्सका ९ महत्वपूर्ण तथ्य

किया कोरियाली कार निर्माता कम्पनी हो । यो दक्षिण कोरियाको दोस्रो ठूलो कार...

अब अटोमेटिक विकल्पसहित किया सोनेटको नयाँ भेरिएन्ट

अब अटोमेटिक विकल्पसहित किया सोनेटको नयाँ भेरिएन्ट

किया इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी सोनेटको अटोमेटिक...

किया सोनेटलाई क्र्यास टेस्टमा १ स्टार रेटिङ

किया सोनेटलाई क्र्यास टेस्टमा १ स्टार रेटिङ

भारतमा निर्मित किया सोनेटले ग्लोबल एनक्यापको क्र्यास टेष्टमा १ स्टार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...