किया क्यारेन्सको उत्पादन सुरु, फेब्रुअरीमा लन्च हुने
किया क्यारेन्सको उत्पादन सुरु भएको छ । कम्पनीले यसको बुकिङ पनि सुरु...
कियाले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले हाल सोनेट, सेल्टोस, कार्निभल र क्यारेन्स जस्ता पेट्रोल–डिजेल कारहरू मात्र बिक्री गर्दै आइरहेको छ । तर, कियाले यसअघि नै ६ वटा इलेक्ट्रिक कार विश्व बजारमा ल्याइसकेको छ ।
रिपोर्टका अनुसार कियाको पहिलो इलेक्ट्रिक कार भारतमा परीक्षणको क्रममा देखाइएको छ । कम्पनीले चाँडै नै भारतमा पनि लन्च गर्ने घोषणा गर्ने अपेक्षा गरिएको छ ।
स्पाई इमेज तेलंगानाको राजधानी हैदराबादको सडकमा किया ईभी६ जीटी भेरिएन्ट देखिएको थियो । रिपोर्टका अनुसार किया ईभी६ यसै वर्ष भारतमा लन्च गर्न सकिन्छ । लन्चिङ पछि सो कारले टाटा नेक्सन ईभी, एमजी जेडएस ईभी र हुन्डाई आयोनिक ५ जस्ता इलेक्ट्रिक कारहरूसँग प्रतिस्पर्धा गर्नेछ ।
ग्लोबल मोड्युलर प्लेटफर्ममा आधारित कियाको नयाँ इलेक्ट्रिक कार हाल युरोपेली बजारहरूमा मात्र उपलब्ध छ । यो टप स्पेक जीटी भेरिएन्ट ड्युअल इलेक्ट्रिक अल ह्विल ड्राइभ सिस्टममा उपलब्ध छ । यो कारमा ७७.४ केडब्ल्युएचको ब्याट्री प्रयोग गरिएको छ, जसले ३२० बीएचपीको अधिकतम पावर र ६०५ एनएमको टर्क जेनेरेट गर्न सक्छ ।
ग्लोबल सर्टिफिकेसन अनुसार किया ईभी६ ले एक पटक चार्जमा ४२५ किलोमिटरको रेन्ज दिने दाबी गरेको छ । कियाले अल्ट्रा फास्ट चार्जिङ सिस्टमको सहयोगमा कारलाई १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी पनि गरेको छ ।
विश्व बजारमा किया ईभी६ लाई ३ भेरिएन्ट ईभी६, ईभी६ जीटी–लाइन र ईभी६ जीटीमा उपलब्ध छ । सो कारमा धेरै ड्राइभ कन्फिगरेसनहरू उपलब्ध छ, जसमा ५१० किलोमिटरभन्दा बढीको रेन्जका लागि २ वटा ब्याट्री भेरिएन्टहरू समावेश छन् । टप भेरिएन्ट जीटी थप शक्तिशाली ब्याट्री प्याकको साथ पेश गरिएको छ ।
ईभी६ टु–ह्विल ड्राइभ र वैकल्पिक रूपमा अल ह्विल ड्राइभको रूपमा उपलब्ध छ । युरोपेली देशहरूमा किया ईभी६ को मूल्य ४५ हजार यूरो छ । नेपालमा उपलब्ध भएमा एक करोडको हाराहारी मूल्य पर्न सक्छ ।
किया क्यारेन्सको उत्पादन सुरु भएको छ । कम्पनीले यसको बुकिङ पनि सुरु...
कियाले हालै लन्च गरेको नयाँ सब कम्प्याक्ट एसयुभी साइरोसले क्र्यास टेष्टमा...
किया सोनेट इन्डियाले भारतीय बजारमा कम्प्याक्ट एसयूभी किया सोनेटको तेस्रो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...