६०० किलोमिटर रेन्ज दिने कियाको नयाँ इलेक्ट्रिक एसयुभी सार्बजनिक, यस्ता छन् विशेषता

कोरियाली अटो निर्माता कियाले आफ्नो बर्न ईभी लाइनअपमा नयाँ एसयुभी थप गरेको छ । उक्त लाइनअप अन्तर्गत यसअघि ईभी५, ईभी६ र ईभी९ उपलब्ध रहँदै आएको अव ईभी३ समेत आएको हो । नयाँ एसयूभीलाई कियाले ई–जएमपी प्लेटफर्ममा तयार पारेको हो । जसअनुसार यसको डिजाइन, इक्विपेन्ट र टेक्नोलोजीमा एकरुपता पाउन सकिन्छ ।

कियाको फ्ल्यागसिप मोडल ईभी९ को स्केल–डाउन संस्करण जस्तो देखिने ईभी३ को लम्बाई ४३०० एमएम, चौडाई १८५० एमएम र उचाई १५६० एमएम तथा ह्विलवेश २६८० एमएम छ । सुरुवती चरणमा यो कार कोरियाली बजारमा उपलब्ध हुने र पछि यूरोप हुँदै विश्वबजारमा बिक्री हुने किया मोटर्सले जनाएको छ । कारको मूल्य ३५ हजारदेखी ५० हजार डलरको विचमा तय हुने अनुमान गरिएको छ ।

सो नयाँ एसयूभीमा ब्रान्डको सिग्नेचर ’टाइगर–नोज’ झल्किनेगरी अग्र भागमा तेर्सो र ठाडो एलईडी डीआरएल सहितको एलईडी लाईट दिइएको छ । बोनेट र साइड प्रोफाइलमा स्मुथ प्यानल दिइएको कारको अगाडि र पछाडि चारैतिर धेरै क्ल्याडिङ राखिएको छ । जसले यसलाई मस्कुलर लुक दिएको छ ।

पछाडि ह्याचब्याक स्टाइलको टेलगेट सहित ठाडो एलईडी लाइट दिइएको छ । सो इलेक्ट्रिक एसयूभीमा फ्लस फिटिङ डोर ह्यान्डल, र्याप–अराउन्ड सी–पिलर, रूफ इन्टिग्रेटेड स्पोइलर र फ्लेर्ड ह्वील आर्कहरू पाउन सकिन्छ । यसका अतिरिक्त यसमा फरक डिजाइनका साथ एरो–अप्टिमाइज्ड ह्वील समेत दिइएको छ ।

ईभी३ को इन्टेरियरमा दुईवटा १२.३ इन्चको डिस्प्ले, ड्यासबोर्डमा चारैतिर फिजिकल र ह्याप्टिक बटनहरू, तेर्सो एयर भेन्ट्स र टु–स्पोक स्टेयरिङ ह्वीलको मिश्रण रहेको छ । क्याविनको वरिपरि प्रशस्त स्टोरेज पाउन सकिने यो कारमा सेन्ट्रल आर्मरेस्ट राखिएको छ । जसलाई टेबलको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

अन्य सुविधाहरूमा दिगो सामग्रीबाट बनेको अपहोलेस्ट्रि, १२ इन्चको हेड–अप डिस्प्ले, कन्फिगर गर्न मिल्ने एम्बियन्ट लाइटिङ, व्यक्तिगत एआई भ्वाइस एसिस्टेन्ट, हरमन कार्डन साउन्ड सिस्टम र एडीएएस सुइट समावेश छन् ।

स्ट्यान्डर्ड र लङ रेन्ज भेरिएन्टमा उपलब्ध यसको स्ट्यान्डर्ड भेरिएन्टमा ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ भने लङ रेन्जमा ८१.४ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ ।

कारमा २०१ बीएचपी पावर र २८३ एनएम टर्क जोनेरेट गर्ने फ्रन्ट–एक्सल माउन्टेड इलेक्ट्रिक मोटर दिइएको छ । यसको लङ रेन्ज भेरियन्टले ६०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । ३१ मिनेटमा १०–८०% सम्म चार्ज गर्न सकेन यो एसयूभीमा भेइकल–टु–लोड फिचर समेत पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक सनरुफसहितको किया सोनेट अटोमेटिक अब नेपालमा

इलेक्ट्रिक सनरुफसहितको किया सोनेट अटोमेटिक अब नेपालमा

काठमाडौं – नेपाली बजारमा किया सोनेटको अर्को भेरिएन्ट एचटीएक्स एटी...

भारत र दक्षिण कोरियाबाट भित्रिन्छन् नेपालमा किया गाडी, यस्तो छ मूल्य सूची

भारत र दक्षिण कोरियाबाट भित्रिन्छन् नेपालमा किया गाडी, यस्तो छ मूल्य सूची

नेपाली बजारमा कियाका गाडीहरु भारत र दक्षिण कोरियाबाट भित्रिने गरेका छन् ।...

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

अनिवार्य छ र फेस्टिभल अफर ? नो फेस्टिभल अफरमा दृढ छन् यी कम्पनी

दशैं/तिहार नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...