किया ईभी–३ को कन्सेप्ट सार्बजनिक, सानो र सस्तो मोडल हुने

कियाले आफ्नो सवैभन्दा सानो र सस्तो इलेक्ट्रिक एसयूभी ईभी–३ को कन्सेप्ट सार्वजनिक गरेको छ । कीया ईभी डेको अवसर पारेर कम्पनीले ईभी–३ सहित तीन वटा नयाँ मोडलको कन्सेप्ट सार्वजनिक गरेको हो । एमजी जेडएस ईभी बरावरको साइजामा आउने सो एसयुभीको मूल्य ३० हजार डलर हाराहारी पर्ने अनुमान गरिएको छ । सो नयाँ ईभी अर्को वर्ष बजारमा आउने आँकलन गरिएको छ ।

ईभी–३ लाई कम्पनीले हुन्डाई ग्रुपको डेडिकेटेड ईभी आर्किटेक्चर ई–जीएमपी मा तयार पार्ने जनाएको छ । सो एसयूभीको डिजाइन ईभी–९ र ईभी–५ बाट प्रेरित रहेको छ । यसको एक्सटेरियरमा स्लिम एलईडी लाइट, ए र बी पील्लरमा ब्ल्याक आउट, फन्नि डिजाइनको ह्विल, सी पिल्लरमा ब्ल्याक इन्सर्ट र एलईडी टेललाइट लगायत विशेषता पाउन सकिन्छ ।

यसैगरी इन्टेरियरमा ट्विन स्क्रिन सेटअप र सेन्ट्रल टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम सहितको ठूलो डिजिटल इन्स्ट्रयुमेन्ट डिस्प्ले रहने कम्पनीले जनाएको छ । सो नयाँ एसयूभीमा भेहिकल टु लोड र जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स जस्ता फिचर समेत सामेल हुनेछन् । किया मोटर्सले यसमा ५० देखी ७० किलोवाट आवरसम्मको ब्याट्री प्याक दिनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट...

सरिना जी ट्रेडद्वारा ग्राहकलाई ईभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

सरिना जी ट्रेडद्वारा ग्राहकलाई ईभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

काठमाडौं – सरिना जी ट्रेड प्रालिले ईभी ट्याक्सी हस्तान्तरण गरेको छ ।...

नेपाल भित्रियो पहिलो इलेक्ट्रिक क्रुजर बाइक : प्रि–बुकिङ गरेकालाई डेलिभरी गरिने

नेपाल भित्रियो पहिलो इलेक्ट्रिक क्रुजर बाइक : प्रि–बुकिङ गरेकालाई डेलिभरी गरिने

काठमाडौं – नेपाली बजारमा पहिले नै प्रि–बुकिङ गरेका ग्राहकका लागि कोमाकी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...