बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – पूर्वी शहरको मुटु मानिने सुनसरीको इटहरीमा किया र इसुजु गाडीको आधिकारिक वितरकको रुपमा ओम साई मोटोकर्पले कार्य प्रारम्भ गरेको छ । विगत ३ वर्ष देखि नै विभिन्न ब्रान्डका गाडीको कारोबार गर्दै आएको ओम साई मोटोकर्पले ग्राहकहरुको मन जित्न सफल भएकोमा अब थप जिम्मेवारी समेत प्राप्त गरेको बताएको छ ।
नेपालमा कोरियाको कार निर्माता कम्पनी किया र जापनिज डबल क्याब निर्माता कम्पनी इसुजुका गाडीहरुको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नेपाली बजारमा गाडीहरु भित्र्यएसँगै नेपालीहरुको मन जित्न सफल भएको बताएको छ ।
ओम साई मोटोकर्प प्रालिका प्रबन्ध निर्देशक पारश मणि गेलालका अनुसार कियाका सोनेट, सेल्टोस, कार्निभल र स्पोर्टेज उपलब्ध छन् भने इसुजुका डी–म्याक्स सिंगल क्याब, डबल एस–क्याब, हाइल्यान्डर, भी–क्रस आदि उपलब्ध छन् ।
बिक्री शुभारम्भको अवसरमा यी गाडीहरुमा विशेष छुट समेत प्रदान गरिने गेलालले बताए ।
ओम साई मोटोकर्प प्रालिले सुनसरीको इटहरीमामा अटोमोबाइलको क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले सन् २०१८ को नेभेम्वर देखि इटहरीमा शोरुम खोली सेवा दिइरहेको छ भने चालु आर्थिक वर्ष देखि आफ्नो आधुनिक शोरुम र वर्कसपको व्यवस्था गरी ग्राहक वर्गमा अझ आधुनिक सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रबन्ध निर्देशक गेलालले जानकारी गराएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...