कियाले एक वर्षमा बेच्यो ३० लाख बढी कार, स्पोर्टेज पहिलो स्थानमा

कोरियन अटो निर्माता कियाले नयाँ विश्वव्यापी बिक्री रेकर्ड हाँसिल गरेको घोषणा गरेको छ । सन् २०२४ मा ३० लाख ८९ हजार ४५७ युनिट कार बिक्री भएको कम्पनीले जनाएको हो ।

कार निर्माताले दक्षिण कोरियाको घरेलु बजारमा ५ लाख ४० हजार १० युनिट र बाहिर २५ लाख ४३ हजार ३६१ युनिट कार बिक्री गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बढी हो ।

कियाको यस रेकर्ड ब्रेक सेल्समा स्पोर्टेजले ठूलो हिस्सा ओगटेको छ । गत वर्ष स्पोर्टेज ५ लाख ८७ हजार ७१७ युनिट बिक्री हुँदा दोस्रो स्थानमा रहको सेल्टोसले ३ लाख १२ हजार २४६ युनिट सेल्स पाएको थियो ।

यसैगरी, तेस्रो स्थानमा रहेको सोरेन्टो २ लाख ८० हजार ७०५ युनिट बिक्री भएको जनाइएको छ । बिक्रीमा भएको वृद्धिको श्रेय ईभी३, के४ सेडान र हाईब्रिड कार्निभल जस्ता केही प्रमुख मोडलहरूको लन्चलाई दिइएको छ ।

यस वर्ष आफ्नो बिक्रीमा थप सुधार गर्दै विश्वव्यापी रूपमा ३२ लाख १६ हजार २०० युनिट कार बिक्री गर्ने कियाले लक्ष्य लिएको छ । कोरियामा ५ लाख ५० हजार, बाहिर २६ लाख ५८ हजार युनिट सहित ८ हजार २०० युनिट स्पेशल प्रपोज भेइकल बिक्री गर्ने उसको लक्ष्य छ ।

सम्बन्धित समाचारहरू

३० वर्षमा कियाले अमेरिकामा बिक्री गर्यो १ करोड युनिट कार, इभी६ ले वनायो अन्तिम युनिटको रेकर्ड

३० वर्षमा कियाले अमेरिकामा बिक्री गर्यो १ करोड युनिट कार, इभी६ ले वनायो अन्तिम युनिटको रेकर्ड

कोरियन अटो निर्माता कियाले अमेरिका छिरेको ३० वर्षमा १ करोड युनिट कार...

सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

सेल्टोस र सोनेटको सफलताबाट उत्साहित कियाले भारतमा थप ४ वटा नयाँ मोडल थप्ने

भारतमा प्लान्ट स्थापना गरेर सवारीसाधन उत्पादन थालेको कोरियाली ब्रान्ड...

भारतमा किया क्यारेन्स ग्लोबल डेब्यु : सबैभन्दा ठूलो ह्विलबेस, नयाँ डिजाइन ल्यांग्वेज

भारतमा किया क्यारेन्स ग्लोबल डेब्यु : सबैभन्दा ठूलो ह्विलबेस, नयाँ डिजाइन ल्यांग्वेज

भारतमा किया क्यारेन्सको ग्लोबल डेब्यु गरिएको छ । यससँगै क्यारेन्सको बुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...