कियाले एक वर्षमा बेच्यो ३० लाख बढी कार, स्पोर्टेज पहिलो स्थानमा

कोरियन अटो निर्माता कियाले नयाँ विश्वव्यापी बिक्री रेकर्ड हाँसिल गरेको घोषणा गरेको छ । सन् २०२४ मा ३० लाख ८९ हजार ४५७ युनिट कार बिक्री भएको कम्पनीले जनाएको हो ।

कार निर्माताले दक्षिण कोरियाको घरेलु बजारमा ५ लाख ४० हजार १० युनिट र बाहिर २५ लाख ४३ हजार ३६१ युनिट कार बिक्री गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बढी हो ।

कियाको यस रेकर्ड ब्रेक सेल्समा स्पोर्टेजले ठूलो हिस्सा ओगटेको छ । गत वर्ष स्पोर्टेज ५ लाख ८७ हजार ७१७ युनिट बिक्री हुँदा दोस्रो स्थानमा रहको सेल्टोसले ३ लाख १२ हजार २४६ युनिट सेल्स पाएको थियो ।

यसैगरी, तेस्रो स्थानमा रहेको सोरेन्टो २ लाख ८० हजार ७०५ युनिट बिक्री भएको जनाइएको छ । बिक्रीमा भएको वृद्धिको श्रेय ईभी३, के४ सेडान र हाईब्रिड कार्निभल जस्ता केही प्रमुख मोडलहरूको लन्चलाई दिइएको छ ।

यस वर्ष आफ्नो बिक्रीमा थप सुधार गर्दै विश्वव्यापी रूपमा ३२ लाख १६ हजार २०० युनिट कार बिक्री गर्ने कियाले लक्ष्य लिएको छ । कोरियामा ५ लाख ५० हजार, बाहिर २६ लाख ५८ हजार युनिट सहित ८ हजार २०० युनिट स्पेशल प्रपोज भेइकल बिक्री गर्ने उसको लक्ष्य छ ।

सम्बन्धित समाचारहरू

किया ईभी९ को बिक्री सुरु हूँदै, यस्तो छ फिचर र पर्फमेन्स

किया ईभी९ को बिक्री सुरु हूँदै, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं– कियाको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी ईभी९ भन्सार विन्दुमा...

कियाले डिसेम्बर १६ मा गर्दैछ सेल्टोसमा आधारित किया केवाईको ग्लोबल प्रिमियर

कियाले डिसेम्बर १६ मा गर्दैछ सेल्टोसमा आधारित किया केवाईको ग्लोबल प्रिमियर

कियाले अब बजारमा ल्याउने तयारी गरेको थ्री रो भेइकलको इन्टरनल कोडनेम...

झनै बोल्ड र एग्रेसिभ बनेर आयो नयाँ सेल्टोस, डेलिभरी अर्को महिनादेखि

झनै बोल्ड र एग्रेसिभ बनेर आयो नयाँ सेल्टोस, डेलिभरी अर्को महिनादेखि

काठमाडौं–कियाले दोस्रो पुस्ताको सेल्टोसलाई विश्व बजारका लागि सार्बजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...