दिगो ई–स्टप कुरिनटारमा केएफसीको नयाँ आउटलेट, २५ प्रतिशत विशेष छुट

काठमाडौं–दिगो ग्रुप अफ इंडस्ट्रीज अन्तर्गत सञ्चालित दिगो ई–स्टपले कुरिनटारमा विश्वप्रसिद्ध रेस्टुरेन्ट चेन केएफसीको नयाँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ । उद्घाटनको अवसरमा ग्राहकहरूका लागि सीमित समयका लागि २५ प्रतिशत विशेष छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ

नयाँ आउटलेट संचालनमा आएसंगै यसले, राजमार्गमा यात्रा गर्ने यात्रु तथा स्थानीय समुदायका लागि भोजन र विश्रामको अनुभवलाई अझ सहज र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार, यो उद्घाटनले दिगो ई–स्टपको यात्रु केन्द्रित तथा जीवनशैलीमैत्री दृष्टिकोणलाई थप सुदृढ बनाउने एक महत्वपूर्ण कदम हो । अब दिगो ई–स्टप कुरिनटारमा पुग्ने यात्रुहरूले आफ्ना निजी वा व्यवसायिक सवारी साधन चार्ज गर्दै, विश्वभर रुचाइने केएफसीको स्वादको आनन्द लिन सक्नेछन् । यसले यात्रालाई आरामदायी मात्र नभई अझ स्मरणीय बनाउने विश्वास लिइएको छ ।

‘दिगो ई–स्टपमा हाम्रो उद्देश्य सधैं यात्रुहरूका लागि दीगो, सहज र गुणस्तरीय अनुभव प्रदान गर्नु हो । कुरिनटारमा केएफसीको उद्घाटनसँगै हामी यात्रुहरूलाई सुविधा, विकल्प र विश्वस्तरीय स्वाद एउटै स्थानमा उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं’ दिगो ग्रुप अफ इंडस्ट्रीजकाका सिईओ सौरभ श्रेष्ठले भने ।

दिगो ई–स्टप कुरिनटारले निजी तथा व्यवसायिक ईभीका लागि फास्ट चार्जिङ सुविधा, स्वच्छ सार्वजनिक शौचालय, परिवारमैत्री वातावरण, विश्रामस्थल तथा गुणस्तरीय भोजन सेवाहरू उपलब्ध गराउँदै आएको छ । केएफसीको आगमनले दिगो ई–स्टपलाई दीगो यात्रा, सुविधा र आधुनिक जीवनशैली अनुभवको केन्द्रका रूपमा अझ मजबुत बनाएको छ ।

सम्बन्धित समाचारहरू

विवाइडीको जापान यात्रा शुरु, अर्को वर्षदेखी करोवार गर्ने योजना

विवाइडीको जापान यात्रा शुरु, अर्को वर्षदेखी करोवार गर्ने योजना

चीनीयाँ अटो निर्माता विवाडीको जापान यात्रा शुरु भएको छ । उसले अर्को...

ट्याक्सीको लागि नयाँ मापदण्ड तयार हुँदै, यस्तो हुनेछन् अवका साधारण र विशेष ट्याक्सी

ट्याक्सीको लागि नयाँ मापदण्ड तयार हुँदै, यस्तो हुनेछन् अवका साधारण र विशेष ट्याक्सी

काठमाडौं – संघीय सरकारले ट्याक्सीको लागि नयाँ मापदण्ड निर्माण लगभग अन्तिम...

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...