विवाइडीको जापान यात्रा शुरु, अर्को वर्षदेखी करोवार गर्ने योजना

चीनीयाँ अटो निर्माता विवाडीको जापान यात्रा शुरु भएको छ । उसले अर्को वर्षदेखी जापनामा इलेक्ट्रिक कारको कारोवार थाल्ने औपचारिक घोषण गरेसंगै यो यात्रा शुरु भएको हो । अर्को वर्ष अर्थात सन् २०२३ को सुरुवाती महिनाबाट जापानमा कारोवार थाल्ने कम्पनीले योजना बनाएको छ ।

अटो उत्पादनमा ख्याती कमाएको जापनिज बजारमा उसले सवैभन्दा पहिले एट्टो३ मोडललाई उतार्नेछ । त्यसपछि क्रमिक रुपमा डल्फिन र सिल मोडलका कारको समेत कारोबार थाल्ने जनाइएको छ । केही समयअघिमात्र विद्युतिय कारको बिक्रिमा टेस्लालाई पछि पारेको विवाइडीले पछिल्लो समय विश्वभर बजार बिस्तार गर्दै लगेको छ ।

यो व्रान्डको हाल नर्वे, न्यूजिल्यान्ड, सिंगापूर, ब्राजिल, कोस्टारिका र कोलम्वियामा प्लग इन हाइव्रिड र व्याट्री इलेक्ट्रिक कारको कारोबार गर्दै आइरहेको छ । चीन लगायत एसियाका अन्य बजारमा समेत उसले कारोवार बिस्तार गरिरहेको छ ।

विवाइडी नेपाली बजारमा समेत रुचाइएको इलेक्ट्रिक कार हो । हाल यो व्रान्डको ई६ मोडल इभी पारखीको रोजाइमा पर्न सफल भैरहेको छ । नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले छिट्टै एट्टो३ मोडललाई लन्च गर्ने तयारी गरिरहेको छ । यो कारमा लामो रेन्ज दिने व्लेड व्याट्रीको प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी...

टाटा ईभीको बजार हिस्सामा भारी गिरावट, एमजी र महिन्द्राले पछ्याउँदै

टाटा ईभीको बजार हिस्सामा भारी गिरावट, एमजी र महिन्द्राले पछ्याउँदै

काठमाडौं–केहि समय अघिसम्म एकछत्रजस्तै बजार लिएको टाटा ईभीले पछिल्लो समय...

ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...