यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सद्वारा ट्रफी टुर, स्कुटर र्याली र जर्सी अनावरण
काठमाडौं – काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रे जेडआर १२५ एफआई...
चलेको ट्रेन्ड पछ्याउने र फ्यान्सी एआई चित्रहरू प्रयोग गर्ने आजको संसारमा यामाहा मोटरसाइकल भने केही फरक दिशामा अगाडि बढेको छ । एआई मार्फत् उत्पन्न गरिएका चित्र र बनावटी दृश्यहरूले इन्टरनेट भरिइरहँदा यामाहाले भने #KeepingItReal अभियान मार्फत् वास्तविक बाइकरहरूको सम्मान गर्दै उनीहरुका वास्तविक सवारी अनुभवहरूको चर्चा गर्ने पहलकदमी लिँदैछ ।
सामाजिक सञ्जालहरुमा एआई–जेनरेट गरिएका तस्बिरहरूको बाढी आएको समयमा यामाहा भने बाइकरहरूको वास्तविक भावनासँग एकाकार हुनका निम्ति अलग्गै उभिएको छ। बाइकिङको भावनाले डिजिटल ट्रेन्ड र कृत्रिम सौन्दर्यलाई पराजित गर्छ भन्ने विश्वासको प्रमाण यामाहाको #KeepingItReal अभियान भएको कम्पनीको भनाइ छ ।
बनावटी भिजुअलहरूको लोभमा नपरी राइडरहरूलाई उनीहरूको वास्तविक र फिल्टर नगरिएका बाइकिङ अनुभवहरू बाँड्न यामाहाले प्रोत्साहन गरेको छ । यामाहा केवल एक ब्रान्ड नभई बाइक राइडिङप्रतिको साझा प्रेमद्वारा सिर्जित विश्व समुदाय हो । राइडर र मेसिनबीचको सम्बन्ध, खुला सडकप्रतिको उत्साह र साथी बाइकरहरूबीचको सद्भाव नै यामाहाको खास आत्मा हो। #KeepingItReal यहि भावनाको सम्मानका खातिर गरिएको एक आव्हान हो भने उत्साहीहरुलाई यामाहासँगको सवारी अनुभव परिभाषित गर्ने प्रमाण प्रदर्शन गर्न आग्रह पनि हो।
कम्पनीले भनेको छ, ‘यामाहा राइडरको रूपमा तपाईं ब्रान्डको अंश मात्र नभई बाइकिङको वास्तविक सारलाई महत्त्व दिने विश्वव्यापी समुदायको एक सदस्य पनि हुनुहुन्छ। #KeepingItReal प्रयोग गरेर आफ्ना फिल्टर नगरिएका वास्तविक राइडिङका पलहरू शेयर गरेर यस अभियानमा सामेल हुनुहोस्। हावाले उडाएको कपाल होस् कि प्राकृतिक दृश्यहरू वा यामाहामा यात्रारत क्षणको शुद्ध आनन्द, तपाईं आफ्ना वास्तविक तस्विरहरू मार्फत् संसारलाई सवारीको वास्तविक सौन्दर्य देखाउन सक्नु हुनेछ।’
#KeepingItReal अभियान बाइकरहरूका लागि उनीहरूकै अनौठा कथाहरू साझा गर्ने प्लेटफर्म हो। यामाहाले सम्पूर्ण राइडरहरूलाई आफ्ना वास्तविक तस्वीर र बाइकिङको हृदय र आत्मालाई स्पर्श गर्ने अनुभवहरू ह्याशट्याग सहित पोस्ट गरेर कथामा योगदान दिन प्रोत्साहन गरेको छ । यो प्रत्येक सवारको व्यक्तित्व झल्काउने र यामाहाको ब्यानरमुनि उनीहरूलाई एकताबद्ध गर्ने सामूहिक जोशको उत्सव समेत हो।
एआई उत्पन्न भिजुअलहरूबाट अघाइसकेको डिजिटल परिदृश्यमा यामाहाको #KeepingItReal अभियान बाइकिङको प्रामाणिक भावनाको सम्मानका लागि स्फूर्तिका साथ उभिएको बताइएको छ। यो चलेका ट्रेन्डहरुलाई अस्वीकार गर्न र राइडिङको वास्तविक अनि फिल्टर नगरिएको सुन्दरतालाई अँगाल्न विश्वभरका सवारहरुलाई गरिएको आव्हान हो।
यस अभियानमा सामेल भई तपाईं पनि आफ्ना यामाहा पलहरू साझा गर्न र वास्तविक भावनालाई अँगाल्नका लागि कम्पनीले आह्वान गरेको छ ।
#KeepingItReal #RealSpiritOfYamaha
काठमाडौं – काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रे जेडआर १२५ एफआई...
यामाहाले मोटरसाइकलमा पनि पावर स्टेरिङ टेक्नोलोजीलाई प्रयोगमा ल्याउने...
काठमाडौं–यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...